देश

दमकको उत्तरी क्षेत्र वडा नम्बर ३ को ग्रामिण गाउँमा ‘फ्रि वाईफाई’


      २०७७ पुष २७, सोमबार १४:१०

दमक – सरकाले विभिन्न सार्वजनिक ठाउँमा निशुल्क इन्टरनेटको सेवा विस्तार गर्ने भनेर घोषणा गरेको छ । तर अधिकांश स्थानीय पालिकाहरुले त्यसलाई उती महत्व दिएका छैनन् । तर झापाको दमकमा भने निशुल्क वाईफाईको बिस्तार सुरु भएको छ । त्यो पनि ग्रामिण क्षेत्रबाट । दमकको उत्तरी क्षेत्र वडा नं ३ का बिभिन्न चोक र गल्लीमा निशुल्क वाईफाई जडान गरिएको छ । जसले गर्दा नागरिक विस्वसँग सहजरुपमा जोडिन सहज भएको छ ।
दमक ३ स्थित वडा कार्यालयले आफनो वडालाई फ्रि वाइफाई क्षेत्र वनाएको छ । वडालाई प्रविधिमैत्रीका रुपमा विकास गर्न उद्देश्यले वडा कार्यालयले दमकको उत्तरी क्षेत्रमा अवस्थित त्यस ग्रामीण वडालाई फ्रि वाइफाई वडा बनाएको हो ।
दमकका १० वटा वडामध्ये पहिलोपटक त्यस वडालाई फ्रि वाइफाई बनाइएको छ । यसरी जडान गरिएको वाईफाईले अहिले विद्यार्थीहरुलाई सबैभन्दा धेरै फाईदा भएको छ । विद्यालयहरुबाट सञ्चालन भएका अनलाईन कक्षामा सहभागि हुन सहज भएको विद्यार्थी मनिकुमार बुढाथोकीले बताए । विद्यालय भौतिक रुपमा सञ्चालन हुँदा र विद्यालय जान सहज भएकाहरु विद्यालय जाने तर विद्यालय जान नसक्नेका लागि वडाले जोडिदिएको निशुल्क वाईफाई सेवाले विद्यार्थीहरुलाई प्रत्यक्ष फाईदा भएको उनले बताए ।
सेवाप्रदायक कम्पन्नी वल्र्डलिंकको सहकार्यमा वडाले वडाका विभिन्न ४० वटा स्थानमा संरचना जडान गरि वडालाई फ्रि वाइफाई वडा वनाउन सफल भएको वडा कार्यालयले जनाएको छ । कार्यालयले आगामी पाँच वर्षका लागि रु ४ लाख ६० हजार खर्च गरि वडाबासीलाई प्रविधिमैत्री वनाउन फ्रि वाइफाई सुविधा उपलव्ध गराईएको वडाध्यक्ष नबिन बरालले बताए ।
गएको स्थानीय तहको निर्वाचनमा घोषणा गरिएका विभिन्न कार्यक्रमलाई कार्यान्वयन हुदैआएका र पछिल्ला पटक वडालाई त्यसै अनुरुप फ्रि वाइफाइ क्षेत्रका रुपमा वनाइएको यहाँका जनप्रतिनिधीहरुले बताएका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु