देश

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार, आज १५ जना संक्रमित थपिए


      २०७७ पुष २७, सोमबार २०:४१

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ३० हजार पुगेको छ ।

आज १५ जना संक्रमित थपिएसँगै सङ्क्रमितको सङ्ख्या ३० हजार ११ पुगेको हो । आज मोरङमा र झापामा ४–४, सुनसरीमा ३, इलाममा २, धनकुटा र तेह्रथुममा १–१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा २, बेलबारी र रतुवामाईमा १–१, झापाको दमक, शिवसताक्षी, भद्रपुर र स्थानीय तह नखुलेका १–१, सुनसरीको इटहरीमा २ र धरानमा १, इलामको इलाम नगरपालिकामा २, धनकुटाको धनकुटा नगरपालिका र तेह्रथुमको फेदाप १–१ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा प्रदेश १ मा ८० जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ७८, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र र विराट मेडिकल कलेजबाट १–१ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेका सङ्ख्या २९ हजार ३२७ पुगेको छ ।

प्रदेश १ मा आज २७५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ४ महिला र ११ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख १२ हजार २५९ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु