देश

दमकस्थित भूटानी शरणार्थी शिबिरमा आगलागि, एकजनाको मृत्यु, दुई जनाले भागेर ज्यान जोगाए


      २०७७ पुष २७, सोमबार २१:३७

दमक — झापाको दमक स्थित भुटानी शरणार्थी शिविरमा आज साझ आगलागि हुँदा एक जनाको ज्यान गएको छ । शिविर प्रमुख सुरेन्द्रराज दाहालका अनुसार मृत्यु हुनेमा शिविरको सेन्टर डी छाप्रा नम्बर ३२५ का ७६ वर्षीय देशमान राई रहेका छन् । मृतक शारिरिक रुपमा अपाङ्गता भएका ब्याक्ती रहेको खुल्न आएको छ । त्यसै कारणपनि उनी घरमा आगो लाग्दा समेत भाग्न नसकेपछि घरभित्रै जलेका थिए ।
प्रहरीका अनुसार सो घरमा बसिरहेका अन्य दुईजनाले भने भागेर ज्यान जोगाएका थिए । आगो शसस्त्र प्रहरी बल बेलडाँगी बेस क्याम्पका जवानहरुले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आगो के कारणले लागेको हो भन्ने बारेमा अहिले कुनै जानकारी प्राप्त भएको छैन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु