
भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) भद्रपुर नगर समितिले उठाएका माग सम्बोधन गर्न नगर क्षेत्रका पाँच वटा विद्यालयका सञ्चालकले ऐकेबद्धतासहित सहमति जनाएका छन् ।
युनियनले उठाएको पारिश्रमिक भुक्तानीको माग सम्बोधन गर्दै भद्रपुर ६ मा रहेको डोल्मा मेमोरियल इङ्लिस स्कुलका संस्थापक÷ प्रिन्सिपल अरुण बस्नेत, मोर्डन अङ्ग्रेजी माविका संस्थापक÷ प्रिन्सिपल मङ्गल थापा मगर, ब्राइट स्टार अङ्ग्रेजी माविका संस्थापक प्रिन्सिपल रत्नबहादुर गिरी, भद्रपुर ७ स्थित हिमालयन अङ्ग्रेजी माविका संस्थापक÷ प्रिन्सिपल सुरज सापकोटा र भद्रपुर २ स्थित शिखर शिशु सदनका संस्थापक/ प्रिन्सिपल प्रज्वल खड्काले ऐक्यबद्धता जनाएका हुन् ।
पहिलो चरणमा २०७७ मंसीर सम्मको शिक्षक कर्मचारीको पारिश्रमिक भुक्तानी गरेर इस्टुको पहिलो माग सम्बोधन गरेका हुन् । उनीहरूले अन्य माग पनि क्रमशः पूरा गर्ने प्रतिबद्धता जाहेर गरेका छन् । इस्टु सङ्घर्ष समितिका संयोजक विदुर ढुङ्गानाको नेतृत्वमा रहेको भद्रपुर नगर सङ्घर्ष समितिसित सहमति गर्दै सो समूहले विद्यालय शान्ति क्षेत्र निर्माण गर्न सबै संस्थापक प्रिन्सिपलसित आग्रह समेत गरेको छ ।
मैदानमा गएर दोहोरो भिडन्त गर्दा विद्यालय सञ्चालक तथा शिक्षक कर्मचारीको जीत नहुने हुँदा हार्ने खेलमा नलाग्न अनुरोध गर्दै हिमालयन इङ्लिस स्कुलका प्रिन्सिपल सुरज सापकोटाले विद्यालय बन्द हुने वातावरण निर्माण अन्त्य गर्न सञ्चालकहरूको पहिलो दायित्व हुने धारणा राखेका थिए ।
यस्तै ब्राइट स्टार इङ्लिस स्कुलका संस्थापक/प्रिन्सिपल रत्नबहादुर गिरीले नियमित पारिश्रमिक भुक्तानी गर्ने विद्यालय बन्द नगर्न अनुरोध गर्दै आफूलाई ठुला भन्ने र पारिश्रमिक रोकेर विवाद बढाउने विद्यालय सधैँका लागि बन्द भए पनि आपत्ति नहुने धारणा राखे । विद्यालय सञ्चालकहरूले औपचारिक रूपमा विद्यालय सञ्चालन सुरु भएयता पनि पूर्ण पारिश्रमिक नदिएपछि इस्टुले माघ ५ गतेबाट भद्रपुर नगर क्षेत्रका विद्यालय बन्दको घोषणा गरेर आन्दोलित भए पनि प्याब्सन/एन प्याब्सन नेतृत्व पारिश्रमिक भुक्तानीको वातावरण निर्माणमा लाग्नुको सट्टा शिक्षक कर्मचारी दमनको बाटोमा लागेर मुठभेड तर्फ बढेपछि ५ वटा विद्यालयका संस्थापक÷ प्रिन्सिपल विवाद समाधानको विकल्पमा जुटेका हुन् ।
फेसबुकमा तपाईको प्रतिक्रिया