देश

सतासीधाम जेसीजको नयाँ नेतृत्वमा कमल सेन्चुरी


      २०७७ माघ ३, शनिबार १७:०९

शिवसताक्षी / सतासीधाम जेसिजको वर्ष २०२१ का लागि दुधेका युवा व्यवसायी कमल सेन्चुरी अध्यक्ष पदमा निर्वाचित भएका छन् । जेसिजको एक पद, एक कार्यकालका लागि भएको निर्वाचनमा सेन्चुरीका प्रतिद्धन्दी नभएपछि उनि सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् ।

शिवसताक्षी नगरको दुधेमा आयोजित ८ औं वार्षिक साधारण सभा तथा ७ औं अधिवेशनबाट जसीजको अध्यक्षममा कमल सेन्चुरी सर्वसम्मत चयन भएका छन् । अध्यक्ष पदमा निर्वाचित भएपछि सेन्चुरीले सतासीधाम जेसिजलाई सन २०२१ मा नयाँ रणनीतिका साथ रचनात्मक रुपमाअघि बढाइने बताए ।

लायन्स क्लव अफ शिवसताक्षीका प्रेसिडेन्ट अग्नी दुलालको प्रमुख आतिथ्यमा भएको कार्यक्रमबाट सतासीधाम जेसिजको कार्यकारी उपाध्यक्ष पदमा लेखनाथ अधिकारी र दारुमान राई निर्विरोध निर्वाचित भएका छन् ।

उपाध्यक्ष चार पदमा नविन बास्कोटा, बिबेक ढकाल, हिमाल दंगाल र रबिन घिमिरे चयन भएका छन् भने जनसम्पर्क अधिकारीमा विश्व विक्रम दाहाल चयन भएका छन् ।बाँकी पदाधिकारी नवगठित कार्य समितिले चयन गर्ने अध्यक्ष सेन्चुरीले जानकारी दिए ।

कार्यक्रम सतासीधाम जेसिजका अध्यक्ष कुमारंिसह साँवाको अध्यक्षता भएकाे थियाे । कार्यक्रममा वर्ष २०२० का अध्यक्ष कुमारसिंह साँवाले २७ लाख ९६ हजार २ सय ५० बराबरको आय व्यय प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सतासीधाम जेसीजका पुर्वअध्यक्षहरुको तर्फबाट महेन्द्र भट्टराई, जेसीजका सल्लाहकार तथा नेपाल रेडक्रस सोसाइटी शिबसताक्षीका सचिव गोविन्द काफ्ले, सामुदायिक सिकाई केन्द्र दुधेका अध्यक्ष नारायण बजगाई तथा नेपाली कांग्रेसका शिवसताक्षी नगर सभापती पर्शुराम ढुँगाना लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यकारी उपाध्यक्ष अर्जुन भट्टराईले स्वागत गरेको कार्यक्रम विवेक ढकालको संचालनमा भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु