जीवनशैली

साइनो साकोसको छैठौ बार्षिक उत्सबमा ६३ पिन्ट रगत संकलन


      २०७७ माघ ३, शनिबार १७:४०

शिबसताक्षी । झापाको शिबसताक्षी ८ स्थीत झिलझिलेमा रहेको साइनो साकोसले आज संस्थाको छैठौ सथापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त रक्तदान कार्यक्रममा ५ महिला र ५८पुरुष सहित ६३ पिन्ट रगत संकलन भएको संस्गाका अध्यक्ष बिकेन कुमार मेन्याङबोले बताए । रक्त दान जिवन दान भन्ने मुल नारालाई सार्थक बनाउन मानब जिबन सेवा तथा रक्षार्थको लागी साइनो साकोसले बिगत २ बर्ष अघि देखि संस्थाको स्थापना दिवसको अवसरमा रक्तदान गर्दै आएको संस्थाका सचिब सुबास लिम्बुले जानकारी दिए ।
ओ नेगेटिभ बल्ड ग्रुप भएका र १सय ५औ पटक रक्तदान गरेका दमक निवसी युवराज अचर्यको प्रमुख आतिथ्यतामा सम्पन्न् कार्यक्रममा भरै पटक रत्तदान गर्ने दमक निवसी भगवती श्रेष्ठ ,मोरङ मिक्लाजुङकी सुमित्र पेहिम र गुञ्जन लुइटेललाई कदरपत्र दोसल्ला र मायाको चिनो द्धारा सम्मान गरिएको छ । त्यसैगरि रक्तदान अभियन्ता छबिलाल दवाडी, रेडक्रस शिबसताक्षी उपशाखाका सचिब गोबिन्द काफ्लेलाई समेत संस्थाले सम्मान गरेको छ । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्रबिधिक सहयोगमा सम्पन्न भएको थियो । साथै संस्थाले उत्कृष्ट कर्जा ,उत्कृष्ट बचतकर्ता ,उत्कृष्ट ऋणी लाई समेत पुरस्कृत गरेको संस्थाकी ब्यबस्थापक दिलकुमारी मगरले बताइन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु