जीवनशैली

मदन भण्डारी स्पोर्टस एकाडेमीद्वारा दमकमा सरसफाई कार्यक्रम


      २०७७ माघ १०, शनिबार १०:०८

दमक/झापाको दमकमा हालै गठन भएको मदन भण्डारी स्पोर्टस एकाडेमीले सरसफाई कार्यक्रम गरेको छ । दमक बसपार्कबाट शुरु भएको सरसफाई गणतन्त्र चोक सम्म सञ्चालन गरिएको थियो ।

अभियानको दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले शुरुवात गर्दै व्यक्ति व्यक्ति स्वयंले सरसफाई नियमित गर्नुपर्ने औंल्याए । यसलाई जनचेतनाका रुपमा अघि बढाउनु आवश्यक हुने उनको भनाई थियो ।

सरसफाई थालनी गर्न आयोजित सक्षिंप्त कार्यक्रममा सरकार पक्षीय समुहको नेकपाका नेता कार्यकर्ताहरुसहित भातृ संगठन र एकाडेमीका पदाधिकारी, सदस्यहरु, यातायात व्यवसायी, मजदुरसहित दमक नगरपालिकाका नगर प्रहरी लगायत स्थानीय युवाहरु सहभागी भएका थिए ।

सो अवसरमा दमक ३ का वडाध्यक्ष नविन बराल, वडा नं १० का वडाध्यक्ष बोधराज न्यौपान, युवा संघ नेपाल दमक नगर कमिटी अध्यक्ष राम पौडेल, अनेरास्ववियुका नेता सन्तोष दुलाल लगायतको उपस्थिती थियो ।

एकाडेमीका अध्यक्ष लोकेश न्यौपानेले सामाजिक क्षेत्रमा युवाहरुलाई परिचालन गर्ने उद्धेश्यले कार्यक्रम गरिएको जनाएका छन ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु