देश

दार्जिलिङतर्फ लगिँदै गरेका तीन बालिकाको पशुपतिनगर नाकाबाट उद्धार


      २०७७ माघ १०, शनिबार १०:२५

इलाम । रोजगारीको आशा देखाएर भारतको दार्जिलिङतर्फ लगिँदै गरेका तीन बालिकाको मंगलबार साँझ इलामको सिमावर्ती पशुपतिनगर नाकाबाट उद्धार गरिएको छ ।

१३, १६ र १७ वर्षीया बालिकालाई घरेलु काममा लगाइदिने भन्दै नाका कटाउन लाग्दा नाकामा बसेको माइती नेपाल, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले बालिकाको उद्धार गरेको हो । मकवानपुरको हेटौंडा माइतीघर भई दार्जिलिङ बस्दै आएकी ३३ वर्षीया अनु तामाङले मकवानपुर भीमफेदी गाउँपालिका लामिडाँडा-९ बस्ने तामाङ थरका ती बालिकाहरूलाई सीमापार गराउँदै गर्दा उद्धार गरिएको थियो ।

ती महिलाले बालिकाहरु आफन्त भएको र उनीहरुलाई घरेलु काममा लगाउने भनेर लगेको सोधपुछको क्रममा बताएकी थिइन् । यस विषयमा थप अनुसन्धान गर्न माइती नेपालले उद्धार गरिएका बालिका र ती महिलालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरको जिम्मा लगाएको माइती नेपाल पशुपतिनगरका संयोजक होम ढकालले बताउनुभयो ।ती महिलाले मानव बेचविखनकै लागि नभए पनि बालबालिकालाई घरेलु काममा लगाउने भनेपछि नेपालको कानुननले बालबालिकालाई काममा लगाउन नपाइने नियम भएकाले उनीहरुलाई नाकामा रोकेर उद्धार गरिएको हो ।

कोरोना महामारी र लामो समयसम्मको लकडाउनका कारण घरको आर्थिक अवस्था कमजोर भएपछि धेरै किशोरीलाई रोजगारीको प्रलोभनमा पारेर मानव तस्करले भारतमा पुर्याउने गरेका छन् । पछिल्लो समय यो नाका मानव बेचविखनको प्रमुख ट्रान्जिट बन्दै जाँदा माइती नेपाल र प्रहरीलाई यसको नियन्त्रणमा चुनौती थपिँदै गएको छ ।सोही नाकाबाट डेढ महिनाको अवधिमा मात्र १० जना किशोरीको उद्धार गरिसकेको संयोजक ढकालले जानकारी दिनुभयो । मानव बेचविखनमा पर्न लागेका उनीहरुको उद्धार भएको हो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु