
झापा — प्रहरीले झापाको दमकबाट अबैध सालका काठ पक्राउ गरेको छ । काठसहित ढुवानीमा प्रयोग भएको को १ ख ३०६२ नम्बरको ट्रक सहित सोही ट्रकका चालक इलाम नगरपालिका २ का गणेश राईलाई समेत प्रहरीले पक्राउ गरेको हो ।
आज बिहान करिब २ बजेको समयमा दमक नगरपालिका ४ कृष्णमन्दिरबाट उत्तर लैजादै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय दमक र ताराबारीमा रहेको प्रहरीको अस्थायी पोष्टले ९९ किवी साल जातको काठ बरामद गरेको दमक प्रहरी प्रमुख प्रहरी नायब उपरिक्ष्क नबराज कार्कीले जानकारी दिएका छन् ।
यस बिषयमा थप अनुसन्धान भईरहेको दमक प्रहरी प्रमुख कार्कीले जानकारी दिए ।
फेसबुकमा तपाईको प्रतिक्रिया