देश

चोरेर लगेको ल्यापटप बेच्न ग्राहक खोज्दै गर्दा दमकका २ युवा झापाको बुट्टाबारीमा पक्राउ


      २०७७ माघ १०, शनिबार २०:५२

चोरीको ल्यापटप सस्तोमा बेच्न ग्राहक खोज्दै हिँडेका दुई युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरु दमक नगरपालिका वडा नं. ७ का ३० वर्षीय अजय मल्लिक र २० वर्षीय देव परियार रहेका छन् ।

एसर र एचपी कम्पनीको दुई थान ल्यापटप बोकेर विर्तामोडको बुट्टाबारी बजार क्षेत्रमा ग्राहक खोज्दै हिँडेका उनीहरुलाई प्रहरीले शुक्रवार अपरान्ह पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले ती ल्यापटप दमकबाट चोरेर ल्याएको पत्तो लागेको जानकारी दिए ।

दुबै अभियुक्तलाई अनुसन्धानका लागि अदालतबाट म्याद थपेर हिरासतमा राखिएको थापाले बताए ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु