देश

को हुन् कम्युनिस्ट ? किन अहिले नेपालका कम्युनिस्ट कुहिएको सिनो लुछ्ने कुत्ताजस्ता भए ?


      २०७७ माघ १२, सोमबार २२:१७

शालिकराम पाेखरेल, दमक –                                 कम्युनिस्ट हुन सजिलो छ तर कामका कम्युनिस्ट हुन निकै कठिन छ । कसैले आफूलाई कम्युनिस्ट बनाउन सक्छ तर बन्न सक्दैन । बनाउनु वा भनाउनु ठुलो कुरा होइन , बन्नु ठुलो कुरा हो । भूमिगत कालमा बर्सौ बर्षसम्म पार्टीको स्कुलिङमा रहेर पार्टीका बर्तमान र भावी नीति , रणनीति र कार्यक्रमको अध्ययनपछि दसौं पन्ध्रौं बर्षको त्यागपछी कम्युनिस्ट पार्टीको सदस्य बनेकाहरुको आजा अवमूल्यन भएको छ । मानौँ तिनीहरूले कम्युनिस्ट आन्दोलनको बारेमा केही बुझेकै छैनन । अचेल कम्युनिस्ट हुन सजिलो छ । जनसङ्घर्सका नाममा, वर्गसंघर्षका नाममा, समाजवाद , साम्यवादका नाममा सडकमा झन्डा हल्लाएर चर्का नारा लगाएपछी कम्युनिस्ट भैहालिन्छ । भरसक साम्सदको उम्मेदवार ,नभए उपल्लो कमिटिको नेता , नभए पनि हाताहाती पार्टीको सङ्गठित सदस्य । कति सजिलै । अहिले नेपालमा सबैथोक महँगो छ तर नेता र सहिद साह्रै सस्ता छन । नेता हुन मनलागे चर्को स्वरमा ठुलठुला भासण गर्ने, गुटबन्दी गर्ने, सकेसम्म धेरै मान्छे मार्ने, लुट्ने, कुट्ने, काट्ने, खोस्ने, खाने, पैसा र पदका लागि आकाश पाताल जोड्ने हो भने सुप्रीम कमान्डर भैहालिन्छ । सहिद हुन मनलागे पार्टीको नाम लिएर चोरी, डकैती, हत्या, लुटपाट, बलात्कार , चक्काजाम , आगजनी र तोडफोड गरि प्रहरीसङग दोहोरो भिडन्त गर्ने । यति भएपछि सहिद पनि भइ ने, दस लाख क्षतिपूर्ति पनि पाइने । यस्तो ब्यवसायिक धन्दामा लागेपछी दुबै हातमा लड्डु । यसलाई प्रजातन्त्रको सबैभन्दा ठुलो उपलब्धि नमानेर के मान्ने ? अझ अहिलेका नवजात कम्युनिस्टहरु त सहिद बन्न र बनाउन मायोर मानिन्छन् । सायद अहिलेको कम्युनिजमभित्र पद, पैसा , विध्वंस र हत्यासमेत गरि ४ वटा नीति र कार्यक्रम पर्दारहेछन क्यार । यदि होइन भने कम्युनिस्टहरु ती पनि वरिष्ठ भनिने र मानिने केन्द्रीय कमिटी , स्थायी कमिटी, पोलिटब्युरोमा रहेकाहरुमा कम्युनिस्ट चरित्र, आचरण र अनुशासन खोइ ? राजनितीमा आस्था र निष्ठा खोइ ? महाधिवेशनबाट पारित पार्टीको बिधान,नीति र कार्यक्रमको परिपालना खोइ ? के आधारमा कम्युनिस्ट भन्ने र नेता मान्ने ? पद र पैसाका लागि भ्रम र झुटको खेती गर्ने, धैर्य गर्न नसक्ने, पार्टीको नेतृत्व लिन घोषित महाधिवेशनसमेत पर्खन नसक्ने, पार्टी र सरकारभित्र भएका कमीकमजोरीलाइ आन्तरिक तवरबाट हल गर्नुको सट्टा सडकमा छताछुल्ल बनाउनेहरु को कति जिम्मेवार र जवाफदेही रहे ?आफ्नो पार्टीको बहुमतको सरकारलाई चुस्त दुरुस्त ,पारदर्शी र प्रगतिशील सरकारको रुपमा स्थापित गरी देशको चौतर्फी बिकासमा लाग्नुपर्नेमा पार्टीको नाम बेचेर सडकमा नाङ्गो नाच देखाउदै हिड्नेहरुलाइ फेरि पनि नेता मानेर भोट दिनुपर्ने किन र केका लागि ? कम्युनिस्ट पार्टी केका लागि र कम्युनिस्ट हुनुपर्ने किन ? अहिलेको नेकपाको सडक नाटकले कहिँ नभएको जात्रा हाडिगाउमा भनेझैं भएको छ । २०४६ सालपछि नेपालमा सबैभन्दा बढी जात्रा कम्युनिस्टहरुले देखाइरहेका छन । फुट्ने, कुट्ने, काट्ने,लुट्ने , मार्ने, देशमै सबैभन्दा धेरैवटा पार्टी भएको तर सिङ पनि पुछर पनि नभएका, नीति र कार्यक्रम नभएका, अनुशासन नभएका, पार्टीको मर्म र भावना नबुझ्ने , गोपनीयता कायम राख्न नसक्ने, उदण्ड , अराजक, सबैलाई प्रधानमन्त्रीको पद चाहिने, सबैलाई मन्त्री चाहिने, पार्टीमा सबैलाई अध्यक्ष , उपाध्यक्ष र महासचिबको पद चाहिने भन्नेहरुको साबिति दिन र यस्ता आरोपै आरोपको शब्दकोश निर्माण गर्नका लागि हो कम्युनिस्ट पार्टी र कम्युनिस्ट नेता ? यदि होइन भने पार्टीप्रतिको प्रतिबद्धता खोइ ? बफादारिता खोइ ? इमान्दारीता खोइ ? सम्यमता खोइ ? अनुशासन खोइ ? सपथ लिनुको अर्थ नै के रह्यो ? मुखले रामनाम जप्ने र बगलिमा छुरा धस्ने हो भने कम्युनिस्ट हुनु र कुख्यात डाका हुनुमा के नै अन्तर रह्यो र ? यहाँ मैले मेरो निजी बिचारको बिस्लेषण गरिरहदा कति साथीहरूलाई दुख्ला, घोच्ला र पोल्ला पनि तर कम्युनिस्ट हुन चिन्तन, चरित्र, आचरण र अनुशासन हुनैपर्छ । मानिसलाई धम्क्याएर होइन, बिचारले पगाल्न सक्नुपर्छ जो अनुशासन , आस्था र निष्ठाबाट सम्भव छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु