काठमाडौं / निर्देशक दिनेश राउत नयाँ चलचित्र निर्देशनको तयारीमा छन् । नायक प्रदिप खड्काको मुख्य भूमिका रहने चलचित्र ‘प्रकाश’को छायांकन फागुणको दोश्रो साताबाट सुरु हुने निर्माणपक्षले बताएको छ ।
यसैविच, चलचित्रका लागि नायिका पनि फाइनल गरिएको छ । अडिसनबाट धनगढीकी रेनु योगीलाई निर्माणपक्षले नायिकाको रुपमा फाइनल गरेको हो । रेनुको प्रस्तुति र चरित्र मिल्ने भएपछि चलचित्रका लागि फाइनल गरिएको निर्देशक दिनेशले बताए । चलचित्रका कास्टिङ डिरेक्टर अनुप बरालले रेनुलाई अडिसनमार्फत छनोट गरेका हुन् ।
यो चलचित्रको छायांकन जुम्लामा ४५ दिनसम्म हुनेछ । विनिस इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्रमा महेन्द्र अधिकारीको लगानी रहनेछ । चलचित्रलाई विकास सुवेदीले लेखेका हुन् ।
फेसबुकमा तपाईको प्रतिक्रिया