जीवनशैली

इलका प्रहरी कार्यलय झिलझिलेलाई ४५ थान प्लाइउड सहयोग


      २०७७ माघ १६, शुक्रबार १७:३५

शिबसताक्षी । नेपाल सुन चाँदी बयबसायी संघ शिबसताक्षी शाखाले इलका प्रहरी कार्यलय झिलझिलेलाई ४५ थान प्लाइउड सहयोग गरेको छ ।
संघले इलका प्रहरी कार्यलय झिलझिलेलाई करिब ४५ हजार मुल्य बराबरको प्लाइउड सहयोग गरेको संघका कोषध्यक्ष रोमन लाम्गादेले बताए । उनका अनुसार उक्त सामाग्री प्रहरी  ब्यारेकमा  सिलिङ लगाउन प्रयोग गरिनेछ । उक्त अवसरमा प्रहरी प्रमुख धुर्बनारायण श्रेष्ठले बर्षै देखि प्रहरी जवन निवसमा जस्ताको छाना भएको कारण जाडो मौसममा सितलहर हुने र गार्मीको मौसममा जस्ता तातेर सुत्नै नसकिने अवस्था झेलदै आइरहेको बेला सुनचाँदी ब्यबसायी संघ शिबसताक्षी शाखाले गरेको सहयोगकोे प्रशंशा गर्दै चाँडै प्रहरी जवानहरुको बिश्राम कोठामा सिलिङ लगाउने बताए ।प्लाइउड सहयोग हसतान्तरणमा  संघका अध्यक्ष टेकबहादुर सिन्चेउरीले  आगमी दिनमा पनि प्रहरी प्रशासनान संग समन्वय  र सहयोग  गर्दै जाने प्रतिबद्धता जनाए । नागरिको शान्ति सुरक्षाको लागी दिन रात पहरेदार भएर खट्ने प्रहरी प्रशासनलाई नगरको अन्य संघ संस्थाहरुले पनि आवश्यक सहयोग गर्न सके प्रहरी प्रशासनबाट जनताको सेवा गर्न सहज हुने संघका सचिब हरिशंकर सिलवालको भनाई छ ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु