देश

संकटबाट मुलुकलाई निकास दिन स्वतन्त्र पत्रकारको आग्रह


      २०७७ माघ १८, आईतवार १४:४९

झापा । स्वतन्त्र पत्रकारहरुले संवैधानिक र राजनीतिक संकटबाट मुलुकलाई तत्काल निकास दिनुपर्नेमा जोड दिएका छन् ।

उनीहरुले मुलुकलाई वर्तमानको संकटबाट निकास दिन सर्वोच्च अदालतको फैसला निर्णयक हुने बताएका छन् । विवादलाई कम गरेर निकास दिने हो भने निर्वाचन उपयुक्त विकल्प हुन सक्ने उनीहरुको धारणा छ ।

स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोलाले सर्वोच्चले तत्काल निर्णय दिनुपर्नेमा जोड दिएका छन् । राजनीतिक आस्थाका आधारमा पत्रकारिता नगर्न आग्रह गर्दै उनले स्वतन्त्र भएर पत्रकारिता गरेमा समाजलाई सही दिशामा लैजान सकिने बताएका छन् ।

संसारकै उत्कृष्ट संविधान भनिए पनि अहिले शक्ति संन्तुलनमा देखिएको विवादले संविधान कति कमजोर रहेछ भन्ने आंकलन गर्न सकिने उनाको भनाई छ । उनले सर्वोच्च अदालतले दुविधा हुने निर्णय गर्ननहुनेमा जोड दिए ।

स्वतन्त्र पत्रकार संघ नेपालका पूर्व महासचिव नवराज पहाडीले मुलुकलाई निकास दिन निर्वाचन उपयुक्त विकल्प हुन सक्ने बताए । संसद पुर्वस्थापना भएमा पुनःराजनीतिक अस्थिरता बढ्ने भन्दै उनले निर्वाचन तोकिएको समयमा नभए मुलुक अझ संकटमा फ्स्न सक्ने तर्फ सबै सजग हुनुपर्नेमा जोड दिए । मानिसमा दलगत आस्था र विचार भएपनि पत्रकारिता स्वतन्त्र रुपमा गर्नुपर्ने भन्दै दलगत सदस्यता त्यागेर स्वतन्त्र रुपमा पत्रकारिता गर्ने आग्रह गरे ।

स्वतन्त्र पत्रकार संघ नेपालका कोषध्यक्ष शालिग्राम पाण्डेले स्वतन्त्र पत्रकारले सर्वोच्च अदालतको निर्णय मान्ने भन्दै अहिले पक्ष र विपक्षमा नलाग्ने बताए । मुलुकको समृद्धिका लागि दलहरु एक भएर अघि बढ्नुपर्नेमा दलगत स्वर्थका कारण संविधन बनेपनि मुलुक अझै अस्थिरतामा रुमलिनु मुलुकै लागि र्दुभाग्य भएको बताए ।

कार्यक्रममा चन्द्रावती वाग्ले, माधव विपोत्री, छन्दिका त्रिपाठी, शंकामणि त्रिपाठी,बसन्तप्रसाद चालिसे लगायतले बोलेका थिए । कार्यक्रम संवाद समुह सचिवालय झापामा आइतबार भएको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु