जीवनशैली

सतासीधाम जेसीज २०२१ का अध्यक्ष कमल सेन्चुरीद्वारा पदभार ग्रहण


      २०७७ माघ १८, आईतवार १५:४९

शिबसताक्षी । सतासीधााम जेसीजको आठौंं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ ।
शिवसताक्षीको दुधे स्थित जेसिज भवनमा प्रदेश १का पुर्ब प्रदेश प्रमुख डाक्टर गोबिन्द तुम्याहाङको प्रमुख आतिथ्यतामा आठौंं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुम्याहाङले जेसिजले युवाहरुको नेतृत्व र ब्याक्तित्व बिकास गर्ने संसथा भएकोमा प्रशंशा र्गु भयो उहाँले जेसिसको जस्तै एक ब्यक्ति एक पद एक कार्यकाल नेपालको राजनितिमा लागु हुन सके देशले कायपलट गर्न सक्ने धारणा राखे ।
कार्यक्रममा बर्ष २०२० का अध्यक्ष कुमार सिंह साँवाले आफ्नो गलामा भएको जेसीज चेन बर्ष २०२१ का अध्यक्ष कमल सेन्चुरीलाई लगाईदिएर पद हस्तान्तरण गरिएको थियो । सो अवसरमा बर्ष २०२१का अध्यक्ष सोन्चुरी तथा प्रथम महिला सुस्मिता सेन्चुरीलाई फुलमाला र बाजागाजा सहित स्वागत गर्दै पदहस्तान्तरण गरिएको थियो । बर्ष २०२१का अध्यक्ष कमल सेन्चुरी सतासीधाम जेसिजको स्थापना देखि नै सह कोषाध्यक्ष ,कोषध्यक्ष ,तालीम संयोजक ,उपाध्यक्ष , माहासचिब र कार्यकारी उपाध्यक्ष पदको भुमिकामा रहि सफलता पुर्बक कार्य सम्पादन गरिसकोका काुसल नेतृत्व रहेको बताइएको छ । त्यसै गरि बर्ष २०२१का लागी अध्यक्षद्धारा मनोनित पादाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ गराइएको छ । यसरी मनोनित हुनेहरुमा कानुनी सल्लाहकारमा अग्नीप्रसाद खरेल,माहासचिब अर्जुन भटराई , कोषध्यक्ष गणेश अधिकारी, संयुक्त सचिब दिपक पोखरेल लगायत बिभिन्न ३२ उपसमितिको नाम मनोनयन गरेका छन ।यस अघि नै उपाध्यक्ष तथा कार्यकारी उपाध्यक्ष निर्बाचित भैसकेका जनाइएको छ । त्यसै गरि गोबिन्द काफ्ले संयोजकत्वमा ५ सदस्या सल्लाहकार समिति पनि मनोति गििरएको छ ।
उक्त कार्यक्रममा गोलोक गोवद्र्धन गौशालाका संस्थापक अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजलाई सम्मान गरिएको छ । उहाँले सताक्षीधाम लगायत शिवसताक्षी नगरका धार्मीक तथा पुरातात्वीक महत्व बोकेका सार्वजनिक स्थलको प्रचार प्रशार, भौतिक पुर्वाधार निर्माण, गौं संरक्षण, सर्ब धर्म रक्षाका लागि गरेको योगदानको उच्च मुल्यङकन गर्दे सतासीधाम जेसिजले भारद्धाजलाई सम्मान गरेको बताएको छ ।
सो कार्यक्रममा स्थानीय पालिकाका जनप्रतिनिधि, अधिकारकर्मी, राजनीतिकदलका नेता कार्यकर्ता, सरकारी तथा गैह्र सरकारी कार्यलयका प्रमुख, उद्योेगी व्यवसायीहरुको बाक्लो सहभागिता रहेको थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु