अर्थ

सौजन्य साकोसले गर्यो एक दिने आँखा शिविर र खुल्ला रक्तदान


      २०७७ माघ २१, बुधबार १७:२१

शिबसताक्षी । झापाको शिबसताक्षी २ स्थीत मंगलबारेमा संचालनमा आएको सौजन्य बचत तथा ऋण सहकारी संस्थाले मंगलबार एक दिने आँखा शिविर र खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

साकोसले संस्था सुभारम्भको अवसर पारेर मंगलबारे बजारमा आँखा शिविर तथा खुल्ला रक्तदान कार्यक्रम गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम भएको हो भने बिर्ताज्योति आइ केयर दमकको प्रबिधिक सहयोगमा आँखा शिबिर भएको हो । उक्त रक्तदान कार्यक्रम तथा आँखा शिबिरमा २ महिला हित ४४ पुरुषले रक्तदान गरे भने दई सय बडिले आँखा जाँच गराएको संस्थाका ब्यबस्थापक मणि कुमार राईले बताए ।

सो अवसरमा संस्थाका अध्यक्ष मकरध्वज नेम्बाङ सल्लाहकार संयोजक अनिलदेब राई, सल्लाहकार सदस्य तथा मंगलबारे बजार व्यवस्थापन समितिका अध्यक्ष भीम नेम्बाङ, काशिनाथ अधिकारी लगायत संस्थाका सञ्चालक समिति, शेयर सदस्यहरु र कर्मचारीहरुसहित संंस्थाका शुभेच्छुकहरुले रक्तदान गरेका थिए ।
त्यस्तैंं, दमकस्थित बिर्ताज्योती आँखा अस्पतालको आँखा बिशेषज्ञ र चिकित्सकहरुले आँखा परिक्षण गरेका थिए । शिविरमा दुई सय बढीले आँखा परिक्षण गराएका र त्यसबीचमा ६० प्रतिशतको मोतियाबिन्दु सम्बन्धीको समस्या छन् भने केहीको अप्रेशननै गर्नुपर्ने अवस्था देखिएको अस्पतालका आँखा बिशेषज्ञ मोती बरालले बताए ।

यता, शिबसताक्षी नगरभित्र रक्तदान कार्यक्रम सञ्चालन गर्दै रक्तदानलाई अभियानको रुपमा विकास र प्रवर्दन गर्नुहुने नगरका तीन जना पत्रकारहरुलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । ६६औं पटक रक्तदान गर्नुहुने शिबसताक्षी(११ का पत्रकार छबिलाल डवादी, ३४औं पटक रक्तदान गर्नुहुने शिबसताक्षी(११ का कृष्णचन्द्र सेलिङ र रक्तदाता एबम् शिबसताक्षी(८ का गोविन ल्वागुनलाई कार्यक्रममा दोसल्ला ओढाएर मायाको चिनोसहित सम्मान गरिएको थियो ।

सम्मानीतहरुलाई संस्थाको अध्यक्ष मकर नेम्बाङ, उपाध्यक्ष कृष्ण तामाङ, सचिव पुष्कर दाहाल, व्यवस्थापक मनी राई, नेपाल रेडक्रस सोसाइटी उपशाखा दमकका रक्तसंचार बिभाग प्रमुमख सिदार्थ दाहाल, नगरपालिकाका प्रवत्ता नविन इमज, संस्थाका सल्लाहकार एबम् बजार व्यवस्थापन समिति अध्यक्ष भीम नेम्बाङले मायाको चिनो प्रदान गर्नुहुदै दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष नेम्बाङले संस्थाको समुद्घाटन कार्यक्रमलाई सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य शिविर र रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।

 

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु