खेलकुद

झापा गाउँपालिका र बिर्तामोड नगरपालिका फाइनलमा, भोली १ बजे फाइनल खेल हुने


      २०७७ माघ २१, बुधबार २१:१४

गौरादह,  गौरादहमा जारी मेयर कप झापा जिल्ला अन्तर पालिका स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि झापा गाउँपालिका र बिर्तामोड नगरपालिका फाइनलमा पुगेका छन् ।

आज सम्पन्न पहिलो सेमीफाइनल खेलमा बिर्तामोडले गौरादह नगरपालिकालाई २५-२०, १७-२५, २८-२६ , २५-१४ को सेटमा पराजित गरेको छ । त्यसैगरी आज नै सम्पन्न दोस्रो सेमिफाइनल खेलमा झापा गाउँपालिकाले दमक नगरपालिकालाई २३-२५ , २६-२४ ,२५-१७ ,१७-२५ , १७-१५ को सेटमा पराजित गरेको छ ।

भलिबल प्रतियोगिताका विजेता, उपविजेतालाई क्रमशः नगद १ लाख सहित ट्रफी मेडल र प्रमाणपत्र, नगद ५१ हजार सहित ट्रफी ,मेडल र प्रमाण पत्र प्रदान गरिने गौरादह खेलकुद विकास समितिका सचिव निर्मल बास्तोलाले जानकारी दिनुभयो ।
यस्तै, उत्कृष्ट ५ विधामा पनि ट्रफीको व्यवस्था गरिएको सचिव बास्तोलाले जानकारी दिनुभयो ।

खेलकुद विकास समिति गौरादहको आयोजनामा माघ १९ गतेदेखि जनता मा.वि मा संचालन भएको थियो । प्रतियोगितामा १३ वटा पालिकाले सहभागिता जनाएका थिए ।

भोली फाइनल खेल सुरु हुनु अघि सांस्कृतिक कार्यक्रम सहित जनप्रतिनिधि र खेलकुद विकास समिति बिच मैत्रीपूर्ण भलिबल खेल हुने आयोजकले जनाएको छ।

भोली १ बजे फाइनल खेल हुने खेलकुद बिकास समितिका सचिब निर्मल बाँस्तोलाले जानकारी दिनुभयो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु