
झापा — झापाको कनकाई नगरपालिकास्थित चम्पापुर माध्यमिक विद्यालयका प्रधानाध्यापक र अर्का एक शिक्षक हिजो (बुधवार) साँझ पक्राउ परेका छन् ।
सोही विद्यालयमा कक्षा ४ मा अध्ययनरत १० वर्षीय विद्यार्थीको कुटपिट पछि मृत्यु भएको आरोपमा विद्यालयका खरिदार पदमा कार्यरत रवीन मगर र विद्यालयका प्रधानाध्यापक विष्णु कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएको बताइएको छ ।
विद्यालयको कार्यलय सहायक (खरिदार) पदमा कार्यरत मगरले कक्षा ४ मा पठन–पठन गराउने क्रममा सोधेको कुरा नजानेको भन्दै गत माघ १८ गते १० वर्षीय विद्यार्थी कृष्ण प्रसाद राजवंशीलाई कुटपिट गरेको बताइएको छ ।
शिक्षकको कुटाईबाट विद्यार्थीको कान सुन्निएको र उपचारका लागि बिभिन्न अस्पतल पुर्याईएकोमा उपचाक क्रममा नोबेल मेडिकल कलेज बिराटनगमा उनको मृत्यु भएको थियो ।
इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यका अनुसार शिक्षकको पिटाईबाट विद्यार्थीको मृत्यु भएको भन्ने खवर आएपछि प्रधानाध्यापकलाई शिक्षकको घर देखाउनका लागि लगिएको र शिक्षकसहित उनलाई पनि सोधपुछका लागि राखिएको हो । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
विद्यालयमा शिक्षक कम भएको समयमा मगरलाई विद्यार्थी कन्ट्रोल गर्न र पढाउने जिम्वेवारी दिने गरेको बताइएको छ ।
फेसबुकमा तपाईको प्रतिक्रिया