जीवनशैली

सिक्किममा ल्होसार: आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै स्वागत !


      २०७७ माघ ३०, शुक्रबार ०९:२७

झापा । भुगोलको हिसावले हेर्ने हो भने सिक्किम भारतमा पर्छ । भारतको एक राज्य हो सिक्किम । तर, त्याहाँको रहनशहन, रितिरिवाज, बोलीचाली प्राय नेपाल र नेपालीसँग मिल्छ । भारतको अधिनमा रहेपनि त्याहाको बोलीचालीको मुख्य भाषा नेपालीनै हो । सिक्किम मात्र हैन दार्जलिङ, सिलोङ लगायत भारका धेरै स्थानमा नेपाली मूलभाषी छन् र उनीहरु नेपाली संस्कार संस्कृती, चाड, पर्व मनाउछन् ।

नेपालमा जति हर्षोउल्लासका साथ चाडपर्व मनाईन्छ त्यसको अझ बढि सिक्किममापनि मनाउने गरिएको छ । स्थानीय सोम गुरुङ भन्छन्, “भुगोल फरक भएर के भो त परम्परा र चाड त एकै हो नि ।” त्याहा रहेका अन्य समुदायकालेपनि सबैको चाड र पर्व संयुक्त रुपमा मनाउने गरेको गुरुङ बताउँछन् । लोसार सिक्किमे गुरुङहरुको अति महत्वपूर्ण चाडका रुपमा लिने गरिन्छ ।

भारतीय ज्योतिषमा दुई–दुई महिनाको एउटा ऋतु गरी वर्षको छ ऋतु जनाएता पनि हिमाली पात्रोमा तीन–तीन महिनाको एउटा ऋतु मानेर वर्षको चार ऋतु मात्रको गणना गरिन्छ । भूगोलको देशान्तरले गर्दा ऋतुको मौसम प्रकट हुनु मसिनो खालको फरकपन देखा पर्दछ । त्यसले गर्दा पौष, माघ र फागुनलाई वसन्त ऋतु भन्ने वा माघ, फागुन र चैत्रलाई वसन्त मानि ऋतु विभाजन गर्ने भन्ने विवाद आई पर्ने गर्दछ ।

भारतीय ज्योतिषले भने वसन्त आरम्भ भनि वसन्त पञ्चमी (माघ पञ्चमी)लाई मान्दछन् । चिनियाँहरुले पनि आरुको फूल फुल्ने माघ महिनालाई नै पहिचान गरी वसन्त पर्व मानाउँछन् ।

सिक्किममा ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखिनै यसलाई मनाउन सुरू गरिन्छ । साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा ‘नयाँ वर्ष आयो’ भन्दै नयाँ वर्षको स्वागत गरिन्छ । ल्होसारको दिन बिहानदेखि नै ढोग–भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ ।

ल्होसारको दिन तामाङ, गुरुङ, शेर्पा जातिहरू आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी, मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरूले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै तामाङ जातिहरूको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरूमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरूसँग रमाइलो गर्छन् । गुरूङ जातिहरूको महान चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारा पनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ । यतिेबला सिक्किममा ल्होसारको छुट्टै रौनक छ ।

सिक्किमका राज्यपालद्वारा राज्यवासीहरूमा सोनाम ल्होसारकोे शुभकामना व्यक्त

यसैबिच, सिक्किमका राज्यपाल गंगा प्रसादले राज्यवासीहरूमा सोनाम लोसार पर्वको शुभकामना व्यक्त गरेका छन् ।

राज्यपालले आज एक सन्देश गर्दै भनेका छन्, यो पर्वले हाम्रो जीवनमा एउटा नयाँ आशाको किरण लिएर आउने छ, साथै उज्जवल भविष्यको निर्माण गर्नेछ । उनले यो पर्वको माध्यमद्वारा सबैको जीवनमा सुख, शान्ति, समृद्धि, सद्भावना जस्ता गुणहरूको विकास होस भन्ने कामना पनि गरेका छन् ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु