
झापा, केपी ओली नेतृत्वको नेकपा सम्बद्ध उद्योगी व्यवसायीहरुको नेतृत्व गर्ने जिम्मेवारी विघटित प्रतिनिधिसभाका सदस्य एलपी साँवा लिम्बुले पाएका छन् । व्यवसायीसमेत रहेका लिम्बुलाई सोमवार काठमाडौंमा सम्पन्न राष्ट्रिय उद्योगी व्यवसायी संगठनको भेलाले संयोजक चयन गरेको हो ।
यसअघिका संयोजक लक्ष्मीदास मानन्धर ९० वर्ष कटिसकेकाले स्वास्थ्यका कारण जिम्मेवारी लिन नसकेपछि साँवालाई संयोजक चयन गरिएको आयोजकले जनाएका छन् । त्यस्तै सहसंयोजक श्याम थापा प्रचण्ड-माधव पक्षमा लागेकाले उनलाई पनि हटाइएको छ ।
सहसंयोजकमा भीमलाल पौडेल र परशुराम अधिकारी चयन भएका छन् । भेलाले ९ सदस्यीय सचिवालय पनि चयन गरेको छ । सचिवालयमा डेगनाथ गौतम, बालकृष्ण शिवाकोटी, खोपनिधी लोहनी, डिबी बस्नेत, दिपक जैसी र निरज राई रहेका छन् ।
भेलाले साबिक राष्ट्रिय उद्योगी व्यवसायी महासंघको कमिटि बिस्तार गरि ८५१ सदस्यीय बनाएको छ । संगठनको इन्चार्जको रुपमा परराष्ट्रमन्त्री तथा नेकपा ओली पक्षका प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।
फेसबुकमा तपाईको प्रतिक्रिया