
झापा — उत्पादन र आम्दानीको दृष्टिले लाभदायी मानिएको रबर बालीको अध्ययन, अनुसन्धान र प्रबद्र्धन गर्ने उद्देश्य राखेर गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुद्धशान्ति गाउँपालिकालाई ‘गिरिजाप्रसाद कोइराला एग्रो टुरिजम रबरग्राम’ घोषणा भएको छ ।
जी.पी. फाउण्डेशनले आज आदर्श नमूना सामुदायिक बन बुद्धशान्ति–३ मा आयोजित एक समारोहका बीच रबरग्राम घोषणा गरिएको हो । फाउण्डेशनका झापा अध्यक्ष बुद्धिराज न्यौपानेका अनुसार केन्द्रीय अध्यक्ष तथा नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजता कोइरालाको प्रमुख आतिथ्यमा सो घोषाणा गरिएको हो । सोही कार्यक्रमका बीच उत्कृष्ठ रबर किसान तथा संस्थाहरुलाई सम्मान पनि गरिएको हो ।
फेसबुकमा तपाईको प्रतिक्रिया