खेलकुद

तेस्रो शिबसताक्षी मेयर कप खेलकुद फागुन १७ गते बाट संचालन हुँदै


      २०७७ फाल्गुन ६, बिहीबार १८:३६

शिबसताक्षी । तेस्रो शिबसताक्षी मेयर कप खेलकुद (मिनि ओलम्पीक) २०७७ , यहि फागुन १७ गते बाट संचालन हुने भएको छ । प्रतियोगिताको बारेमा आज नगरपालीकाको कार्यलयमा नगरखेलकुद बिकास समितिले पत्रकार सम्मेलन गरि जानकारी गरएको हो ।

प्रतियोगिता विभिन्न ८ बिधामा १७ वटा खेल संचालन हुने बताइएको छ । जस अनुसार फुटबल , भलिबल, क्रिकेट, बुद्धिचाल ,ब्याडमिन्टन, कबडी, कराँते ,र एथलेटिक्सका खेलहरु हुनेछ । प्रतियोगितामा नगरका ११ वटै वडाका खेलाडीहरुको सहभागिता रहने छ । खेलमा फुटबल बिधाका बिजेताले ७५ हजार , भलिबलले ५०हजार, क्रिकेटले ५० हजार , कबडीले १५ हजार ,ब्यडमिन्टन डबलले १० हजार र ब्याडमिन्टन सिङगलले ५ हजार नगद सहित मेडल ,ट्रफी र प्रमाण पत्र पाउने नगर खेलकुद विकास समितिका अध्यक्ष फुर्ब तामाङले बताए ।

खेलहरु भलिबल , शिबसताक्षी ३ स्थीत पाराबारीमा हुनेछ भने फुटबल दुधे रंगशालामा हुनेछ ,त्यसैगरि क्रिकेट झिलझिलेमा ,कराँते माइधारमा ,कबडी माइधार , चेस दुधेमा र एथलेटिक्स ब्याङडाँडामा हुने नगर खेलकुद बिकास समितिका सदस्य सन्तोष पौडेलले जनाकारी दिए । उक्त प्रतियोगिताको समापन फागुन २८ गते हुनेछ । शिबसताक्षी नगरपालीकाको प्रथम नगर सभाबाट नगरलाई खेलकुदको क्षेत्रमा अगाडी बढाउने उदेश्का साथ शिबसताक्षी मेयर कप सुचारु भएको हो ।

यस अघिको मेयर कपबाट नगरले बिभिन्न राष्ट्रिय स्तरका खेलाडीहरु उत्पादन गरि सकेको छ । हाल सम्म फुटबल तर्फ अन्डर १३ मा देब मल्लिक, अन्डर १४ निकेश श्रेष्ठ , अन्डर १८मा संजित राई छनौट भइसकेका छन । त्यसैगरि प्रदेश स्तरिय खेलमा एथलेटिक्स बाट निशा माझी,भलिबलमा सुजन रिजाल,क्रिकेटमा सजन थपलीय छनौट भइसकेको नगर खेलकुद बिकास समितिले जनाएको छ ।

अर्थिक बर्ष ०७६।०७७मा हुनुपर्ने तेस्रो मेयरकप कोभिड १९ (कोरोना भाइरस)को प्रकोपकोको कारण हुननसके पछि आर्थिक बर्ष ०७७।०७८ मा हुन लागेको हो । तेस्रो मेयरकप खेलकुद संचालन गर्न नगर खेलकुद बिकास समिति मार्फत चालु आर्थिक बर्ष ०७७।०७८का लागी १५ लाख रकम बिनियोजिन भएको छ । त्यसैगरि सोही अवसरमा नगर कप खेलकदुलाई सफल बनाउन नगरका ११ वटै वाडाको खेलकुद वडा समितिलाई बिधागत खेलकुद समाग्रि प्रदान गरिएको छ । उक्त सामाग्री पुर्ब प्रतिनिधि सभा सदस्य एलपी साँवा र नगर प्रमुख चन्द्रकुमार शेर्माले संयुक्तरुमा हसतान्तरण गरे ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु