देश

प्रचण्ड समूह खुलमटारमा गठन भएको ‘दाहाल–नेपाल–खनाल’ कम्पनी — मुख्यमन्त्री राई


      २०७७ फाल्गुन ८, शनिबार १८:२२

बिराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड समूहलाई खुलमटारमा गठन भएको ‘दाहाल – नेपाल – खनाल’ कम्पनीको संज्ञा दिनुभएको छ ।
मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम उक्त कम्पनीले गरेको मुख्यमन्त्री राईको आरोप छ । प्रदेश १ को राजधानी विराटनगरमा आज ओली समूहको बृहत आमसभालाई सम्बोधन गर्दै उनले मुलुकलाई अस्थिरतातर्फ धकेल्न आफ्नै पार्टीको प्रधानमन्त्रीलाई अपदस्त गर्ने, सरकारले गरेको विकास निर्माणको काममा भाँजो हाल्ने, राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउने र प्रदेशका मुख्यमन्त्रीहरूलाईसमेत अपदस्त गर्ने प्रयास गरेको बताउनुभयो । उहाले अब स्पष्ट रूपमा नेकपामा दुई कित्ता छुट्टिएको र ओली नेतृत्वको नेकपाको कित्ता राष्ट्रवादी कित्ता भएको उहाको दाबी छ ।
उहाले ओली नेतृत्वको नेकपाले आगामी निर्वाचन जित्नुपर्ने धारणा रख्नुभयो । फेरि एकपटक जनताले राजनीतिक स्थायित्व, सुशासन, विकास र समृद्धिको बाटोमा मुलुकलाई लैजान ओली नेतृत्वको नेकपालाई मतदान गर्नुपर्ने आवश्यकता रहेको उहाको भनाइ थियो ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु