देश

पार्टी फुटाएर नभई जुटाएर अगाडि बढ्न प्रधानमन्त्रीको आह्वान


      २०७७ फाल्गुन ८, शनिबार १८:२६

बिराटनगर – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाएर नभई जुटाएर अगाडि बढ्न आह्वान गर्नुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले एकताभन्दा बाहिर गएको खण्डमा सबैलाई घाटा हुने भन्दै प्रचण्डलाई समेत पार्टीका सिट खाली रहेको बताउनुभयो ।
प्रदेशसभा सदस्य उषाकला राई उनीहरूको भ्रमबाट मुक्त भएर एकताबद्ध भएको भन्दै अरूलाईपनि त्यसरीनै एकताबद्ध हुन प्रधानमन्त्रीले आग्रह गर्नुभयो । स्थानीय जनप्रतिनिधिसमेत केही अलमलमा परेको देखिएको भन्दै त्यस्तो अलमलमा नपर्न उहाले आग्रह गर्नुभयो । पूर्वकानूनमन्त्री शेरबहादुर तामाङ पनि फिर्ता भएको भन्दै भ्रममा नपर्न ओलीले सबैलाई आग्रह गर्नुभयो । नेकपा प्रदेश १ कमिटीले विराटनगरमा आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो ।
प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष ओलीले राजनीतिक सिनबाट लगभग गायब हुन लागेका प्रचण्डलाई आफूले स्थापित गरिदिएको भएपनि प्रचण्डलाई नपचेको बताउनुभएको छ । नेपालको मूलधारको राजनीतिमा नफर्कने गरी प्रचण्ड गएको भन्दै अँध्यारो मात्रै पाउने र बाटो नै नभेटिने स्थानमा पुगेको समेत उहाको टिप्प्णी छ । राजनीतिक रूपमा विभाजित भएका प्रचण्डले षड्यन्त्र र जालसाझी मात्रै गर्ने गरेकाले नेकपा विभाजित हुनु परेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
प्रधानमन्त्री ओलीले पार्टी छोडेर प्रचण्ड समूह भागेपछि मात्रै संवैधानिक आयोगहरूमा नियुक्ति सम्भव भएकोपनि बताउनुभएको छ । आयोगहरूमा नियुक्ति गरिएपछि भने डराएर त्यसविरुद्ध प्रचण्ड समूहले आमहड्ताल गरेको उहाको भनाइ छ । प्रचण्ड समूहले संवैधानिक निकायहरूमा भएको नियुक्तिलाई गरेको विरोधलाई भूमिहिन, सुकुम्बासी, गरीब, आदिवासी जनजाति, मधेसी, थारू र दलित समुदायविरोधीको रूपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
उहाले देशको सम्भावना भएको ठाउँमा औद्योगिक क्षेत्र स्थापना गर्ने कामलाई सरकारले प्राथमिकता दिने पनि उल्लेख गर्नुभएको छ ।

फेसबुकमा तपाईको प्रतिक्रिया

अनलाइनयुवामा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई दिनु होला।

फेसबुकमा तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित शीर्षकहरु