ऋणको भारमा सरकार, ९ खर्ब ऋणमध्ये विदेशी ऋणमात्र ५ खर्ब ३ अर्ब

काठमाडौं–आर्थिक वर्ष ०७४÷०७५ मा सरकारी ऋण झण्डै ९ खर्ब पुग्न लागेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको तथ्यांकले नेपाल सरकारको ऋण ८ खर्ब ९४ अर्ब ५३ करोड रुपैयाँ पुगेको देखाएको छ ।
यसमा बाह्य (विदेशी)  ऋण ५ खर्ब ३ अर्ब ६३ करोड रुपैयाँ छ भने आन्तरिक ऋण ३ खर्ब ९० अर्ब ९० करोड रुपैयाँ रहेको  छ ।

यस वर्ष कुल ग्राहस्थ उत्पादन र कुल सरकारी ऋणको अनुपात २९.७ प्रतिशत रहेको छ ।

यस बर्ष नेपाल सरकारले १८ अर्ब ५९ करोड रुपैयाँ वैदेशिक ऋण तिरेको छ । अघिल्लो वर्ष (२०७३/०७४) २२ अर्ब ७० करोड बराबरको वैदेशिक ऋण तिरेको थियो ।

आर्थिक वर्ष २०७४÷०७५ मा सरकारले २ खर्ब १४ अर्ब ३ करोडको वैदेशिक ऋण परिचालन गर्ने अनुमान रहेकोमा महालेखा नियन्त्रकको कार्यालयको प्रारम्भिक तथ्यांक अनुसार यस्तो अण ९३ अर्ब ४० करोड रुपैयाँ परिचालन भएको छ । उक्त अणको कुल ग्राहस्र्थसँगको अनुपात ३.१ प्रतिशत हुन आउँछ । अघिल्लो वर्ष (२०७३÷०७४ मा ) ५८ अर्ब १ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण परिचालन भएको थियो ।

यता आन्तरिक ऋण पनि नेपाल सरकारले न्युन वित्त पुर्ति गर्न १ खर्ब ४४ अर्ब ७५ करोड रुपैयाँ परिचालन गरेको छ । गत वर्ष ३६ अर्ब ५६ करोड रुपैयाँ आन्तरिक अण भुक्तानी भएकाले १ खर्ब ७ अर्ब १९ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन भएको छ । अघिल्लो वर्ष ४९ अर्ब ५५ करोड रुपैयाँ आन्तरिक ऋण परिचालन भएको राष्ट्र बैंकले जनाएको छ ।

गत आर्थिक वर्षको अन्त्यसम्म नेपाल सरकारको एक खर्ब २६ अर्ब १५ करोड रुपैयाँ नगद नेपाल राष्ट्र बैंकमा छ । यो बचत अघिल्लो बर्ष भन्दा बढी हो । अघिल्लो वर्ष १ खर्ब ६ अर्ब २७ करोड रुपैयाँ बचत थियो ।
सरकार २ खर्ब ६८ अर्ब ८५ करोड रुपैयाँ बजेट घाटामा छ । यो नगद प्रवाहमा आधारित बजेट घाटा हो । कुल ग्राहस्थ उत्पादनसँग बजेटघाटाको अनुपात ८.९ प्रतिशत रहेको छ । साभार रातो पा टी

Facebook Comments