बलिउडका यी ४ भिलेन, जो छन् हिरो भन्दा पनि चर्चित छन्

मुम्बई – यदि बलिउड फिल्मको ९० दशकको कुरा गर्ने हो भने सो समय रहेका भिलेनको जस्तो भूमिका सायदै आज कसैको देख्न सकिन्छ ।

उनीहरु अभिनयको दर्शक फ्यान मात्र थिएनन् । भिलेन भएपनि उनीहरुले दर्शक दिलमा राम्रो छाप छोड्न सफल थिए । ‘जुन फिल्ममा भिलेन हुँदैनन् त्यो फिल्म अधुरो हुन्छ’ भन्ने समेत बलिउडमा स्थापित भयो । बलिउडमा त्यस्ता कयौं चलचित्र बने जुन चलचित्रमा दर्शकले हिरो भन्दा बढी भिलेन रुचाए । बलिउडका ती केही भिलेन जसको नक्कल अहिले पनि दर्शकले गर्ने गरेका छन् ।

अम्रीश पुरी  : बलिउडमा मोगेम्बोको नामबाट जानिने अम्रीश पुरीका यो डाइलग बुढादेखि बच्चासम्मको मुखमा झुन्डिएको छ । मिस्टर इन्डिया चलचित्र रिलिज पछि अम्रीश पुरीले भारतीय चलचित्रको भिलेन प्रवित्तिमा अलग्गै हंगामा मच्चाए । पुरी अहिले जिवित छैनन् । तर उनले निर्बाह गरेको खलनायकी अभिनय दर्शकको दिल दिमागमा ताजै छ ।

अमजद खान : बलिउडका सबैभन्दा चर्चित भिलेन पात्र गब्बर सिंह । सोले चलचित्रमा यो पात्र नहुदो हो फिल्म खल्लो लाग्थ्यो होला । यो चलचित्रको ‘कितने आदमी थे..’डाइलग सबैभन्दा हिट भएको थियो । उनले निर्बाह गरेको गब्बर सिंह पात्र बलिउड चलचित्रको इतिहासमा सबैभनदा अमर खलपात्र हो । यसको अलवा उनले कयौं चलचित्रमा भिलेनको भूमिका निर्बाह गरेका छन् ।

शक्ति कपुर : लगभग १०० फिल्ममा भिलेनको भूमिका निर्वाह गरेका शक्ति कपुरले नकारात्मक भूमिकाबाट पनि दर्शकको मन जित्न सफल भए । पन्जावका बासिन्दा उनको असली नाम सुनील कपुर हो ।

डेनी डेन्जोन्पा : फिल्म घातकमा पसपर भिलेनका रोल निर्बाह गरेका डेनी भिलेन चरित्र बख्तावर सिंहको नामबाट पनि चिनिने गरेका छन् । भिलेन अभिनयबाट दर्शकको दिलमा राज गर्न सफल डेनी बलिउडका सफल भिलेन पनि हुन् ।

तपाईलाई यो पोस्ट कस्तो लाग्यो ? अवश्य कमेन्टमा लेख्नुहोला, मनपरे जानकारी शेयर गर्नु होला । थप जानकारीका लागि हाम्रो वेब साइटमा जानुहोस् धन्यबाद । https://onlineyuba.com

Facebook Comments