गोर्खाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरको हेलिकोप्टर धादिङमा दुर्घटना

काठमाडौं । गोर्खाबाट काठमाडौंका लागि उडेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर धादिङमा दुर्घटना परेको छ । धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयका अनुसार जिल्लाको सत्यवती गाउँपालिकास्थित वत्सला मावि नजिक हेलिकोप्टर फेला परेको छ । तर घटनाकना बिस्तृत बिवरण भने आउन नसकेको पाण्डेयले बताएका छन् । हेलिकोप्टर भेटिएको भनिएको क्षेत्र धादिङ र नुवाकोटको सीमा क्षेत्रमा पर्दछ । प्रमुख जिल्ला अधिकारीले भने फोर्स ल्याण्डिङ हो कि दुर्घटना हो भन्ने खुलेको छैन ।’

गोर्खाको सानागाउँमा पर्यटक छाडेर, त्यहाँबाट बिरामी ल्याएर हेलिकोप्टर काठमाडौं फर्किँदै गर्दा हेलिकोप्टर सम्पर्कविहीन भएको थियो ।

Facebook Comments