बंगलादेशबाट फुटबल स्ट्राइकर नवयुग श्रेष्ठले गरे यस्तो घोषणा

काठमाडौँ –  बंगलादेशविरुद्ध जितका क्रममा गोल गर्न सफल स्ट्राइकर नवयुग श्रेष्ठले यो पटक नेपाली फुटबल टिमको एउटै सपना च्याम्पियन बन्ने रहेको बताएका छन् । नेपाल अहिलेसम्म साफ च्याम्पियन हुन नसकेको पृष्ठभूमिमा युवा स्ट्राइकर श्रेष्ठले ब‍ंगलादेशमा यस्तो प्रतिक्रिया दिएका हुन् ।

समूह बिजेता बन्दै सेमिफाइनल यात्रा तय गरेपछि प्रतिक्रिया दिँदै नवयगुगले भने, ‘हाम्रो यो पटकको सपना भनेकै ट्रफी हो । हामीले च्याम्पियन बन्ने सपनासहित बंगलादेशको यात्रा तय गरेका थियौँ र हामी त्यो सपना पुरा गर्छौँ ।’

नवयुगले आफ्नो टिमका लागि गोल गरेर जिताउन पाउँदा खुसी लागेको पनि बताए । ‘फस्र्ट म्याचमा पर्दा हारेका थियौँ, सेकेन्ड म्याचमा बेन्चमा परेको थिएँ’, उनले भने, ‘मैले तेस्रो म्याचमा प्लेइङ ११ मा परेर गोल गरेको छु, आज मैले आफूलाई बेन्च प्लेयर होइन भन्ने प्रमाणित गरेको छु ।’

नवयुगले स्ट्राइकरको जिम्मेवारी गोल गर्ने भएपछि गोल नगर्दा दबाब धेरै रहेको पनि स्वीकारे । ‘ममाथि प्रशिक्षकदेखि सबै खेलाडीबाट पनि गोलका लागि दबाब त पक्कै थियो’, उनले भने, ‘स्ट्राइकर भएकाले मलाई त प्रत्येक म्याचमा गोल गर्न मन छ, तर सबैमा त्यो सम्भव छैन ।’

नवयुगले अन्तिममा यो पटक च्याम्पियन बन्ने सपना पुरा गरेर छाड्ने अठोट पनि बोकेको दोहो¥याए । बंगलादेशलाई हराउँदा बिमल घर्ती मगरले खेलको ३३ औँ मिनेटमा पहिलो गोल गरेका थिए भने नवयुगले खेलको ८७ औँ मिनेटमा गोल थप्दै नेपाललाई नकआउट चरणमा पुर्याए ।
Source:tajakhabar

Facebook Comments