‘Wrong Time’का फ्यानलाई आयो खुसिको खबर, फेरी आउँदैछन् ‘Bad luck’ लिएर

‘Wrong Time’का फ्यानलाई आयो खुसिको खबर, फेरी आउँदैछन् ‘Bad luck’ लिएर

 

चर्चित वेब सेरिज ‘रंग टाईम’ टिम फेरी नयाँ बिस्तारका साथ दर्शकमाझ आउने भएको छ । यस अघि ‘युर स्टाइल टिभी’ मार्फत युट्युबमा प्रसारण हुँदै आएको रंग टाईमका दुवै सिजनलाई दर्शकले अत्याधित रुचाएका थिए । लामो समय हराएको यो टिम अब फेरी फराकिलो माध्यमबाट दर्शकमाझ आउन लागेको हो । यहि टिम द्वारा प्रस्तुत गर्न लागिएको नयाँ सिरिजको नाम रहेको छ ‘ब्याड लक्’ । ‘ब्याड लक’लाई दर्शकले युट्युबमा मिडिया हवको अफिसियल च्यानलको साथमा नेपाल टेलिभिजन बाट पनि प्रसारण हेर्न पाउने छन् ।

सहिन प्रजापति र कुशल बिस्ट्को लेखन र निर्देशन रहने यो सिरिजको प्रसारण मिती तय नभएता पनि अबको केहि हप्तामैं प्रसारण हुने बताइएको छ । यस सिरिजमा सहिन प्रजापति, कुशल बिस्ट , अमिता छन्तेल , जुना सुन्दास लगायत अन्य कलाकारको प्रमुख भूमिका रहने छ । लामो समय देखि ‘रंग टाइम’ पर्खिरहेका दर्शकहरु यो खबर संगै खुसि भएका छन् । अब ‘ब्याड लक’ले ‘रंग टाईम’ टिमलाई कतिको साथ दिन्छ त्यो भने हेर्न बाँकी छैन । सिरिज टिमलाई सफलताको सुभकामना ।
Source-medianp.com
Bad luck official promo

Facebook Comments