भिजेकै जर्सी र जुत्ता लगाएर खेल्दा गोल हान्न थप मुस्किल हुने भो नेपाललाई

भारी बर्षासँगै चट्याङ परेपछि पछि खेल रोकिएको छ । खेल रोकिएपछि हुने खेलमा अब नेपाली खेलाडीहरु भिजेकै अवस्थामा खेल्न पर्ने भएको छ । नेपालका पुर्व फुटबलर अनिल गुरुङले भिजेकै अवस्थामा फेरी नेपाली खेलाडीहरु मैदान उत्रन पर्ने बताएका हुन् ।

भिजेको जर्सी, जुत्ता र मोजा लगाएर खेल्न पर्दा खेल राम्रो नहुने उनको भनाई छ । तर नेपालको टिमसँग एउटा बाहेक त्यसको विकल्पमा जर्सीको सेट नहुने गरेको उनले बताएका हुन् । बर्षापछि पर्न सक्ने चट्याङका कारण कारण नेपाल र माल्दिभ्ससँगको खेल स्थगित भएको हो ।

माल्दिभ्सले अग्रता लिएको खेल पानीसँगै चट्याङ पर्न सक्ने भन्दै खेल स्थगित भएको हो । खेल रोकिँदा सम्म नेपाल एक गोल पछाडी परेको हो ।नेपाललविरुद्ध खेलमा माल्दिभ्सले एक गोल गरेको छ । माल्दिभ्सका कप्तान अक्राम ए घानीको फ्रि किक गोलमा परिणत भएको हो । यो सँगै नेपाल दबाबमा परेको हो । नेपालले अहिले गोल गर्ने अवसर खोजी रहेको छ । पानी पर्दा नेपाललाई गोल गर्न समस्या देखिएको छ ।

पहिलो हाफको ९ औं मिनेटमा माल्दिभ्ससले एक गोल प्रहार गरेको हो । बंगलादेशमा जाारी साफ च्याम्पियनसिप फुटबल अन्तर्गत अहिले नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरीरहेको छ ।

नेपालको टिममा आज किरण चेम्जोङ, अनन्त तामाङ, आदित्य चौधरी, सुमन अर्याल, दिनेश राजवंशी, रोहित चन्द, सुजल श्रेष्ठ, निराजन खड्का, सुनिल बल, विमल घर्ती मगर र भरत खवास सुरुवाती ११ को रुपमा मैदान उत्रिएका थिए ।प्रतियोगिताको सेमिफाइनल भिडन्तमा नेपालले माल्दिभ्ससँग प्रतिस्पर्धा गरेको हो । समूह चरणको अन्तिम खेलमा बंगलादेश विरुद्ध खेलेको नेपाली टिममा आज कुनै परिवर्तन गरने । नियमित कप्तान विराज महर्जन बेन्चमा रहनेछन् भने नेपालको कप्तानी आज पनि भरत खवासले गरेका छन् ।

नेपाल र माल्दिभ्स बीचको पहिलो सेमिफाइनल ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा सुरु भएको हो । आजका खेल जित्दै नेपाल फाइनलमा पुग्ने दाउमा छ । यस अघि नेपालले बंगलादेश र भुटानलाई पराजित गरेको थियो भने पाकिस्तान पराजय भोगेको थियो ।

Facebook Comments