भीमफेदीमा कार दुर्घटना, ३ घाइते

प्रदेश नं ३, मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा कार दुर्घटना भएको छ । बिहिबार राती करिब २ बजे बा ७ च ९१४२ नंबरको टोयोटा कार दुर्घटनामा परेको हो ।

काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको कार सडकबाट करिब ४० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
दुर्घटनामा परी कारमा सवार ३ जना घाइते भएका छन् । घाइते हुनेमा हेटौंडा ४ बस्ने बर्ष ५२ को सिताराम न्यौपाने , बर्ष ४० को उद्धव घिमिरे र कपिल्वस्तु घर भएका मोबिन रेग्मी घाइते छन् । घाइतेहरुको चुरेहिल अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

स्रोत भूगोल न्युज

Facebook Comments