चितुवा र बाघको छाला र हड्डीसहित पक्राउ

काठमाडौं, २८ भदौ । वन्यजन्तु चितुवाको छाला, हड्डी तथा बाघको छाला सहित ४ जनालाई काठमाडौंको जमल र बौद्ध आरुवारीबाट प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं टोखा बस्ने सिन्धुपाल्चोक चौथली गाउँपालिका–५ का २० वर्षीय सागर भन्ने दिलकुमार श्रेष्ठ, मनमैजु बस्ने सोही ठाउँका ३७ वर्षीय लिलाबहादुर श्रेष्ठ र गौरीघाट बस्ने सिन्धुपाल्चोक त्रिपुरा गाउँपालिका-९ का ३१ वर्षीय रमेश बोहरा रहेका छन् । काठमाठौं महानगरपालिका–२६ जमलबाट चितुवाको छाला २ थान र हड्डी डेड किलो सहित प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी गोकर्णेश्वर नगरपालिका–१ नयाँपाटी बस्ने सर्लाही घर भएका २२ वर्षीय सुजन वाईबालाई आरुवारीबाट बाघको छाला १ थान सहित प्रहरीले पक्राउ गरेको हो ।दैनिक नेपाल

Facebook Comments