दरबारमार्गमा छापा मारिन्न, मुहानै सफा गरिन्छ-अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले भन्सारमा खुकुलो गरेर सामान छाडिदिने अनि पुरानो कानून समातेर दरबारमार्गमा छापा मार्ने प्रवृत्तिको अन्त्य गरिने बताएका छन् ।

बुधबार अर्थमन्त्रालयमा आयोजित बजेटको अर्धवाषिर्क समीक्षा कार्यक्रममा बोल्दै मन्त्री खतिवडाले भने- ‘हामी मुहानमै यसलाई सम्वोधन गर्छौं, हामी मुहानै सफा गर्ने भनेर लागेको हो ।’

सरकारले चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर संशोधन गरेको छ । अर्थमन्त्रालयले बुधवार मध्यावधि समिक्षा गर्दे आर्थिक वृद्धिदरको लक्ष्य ६ प्रतिशतमा रहने जनाएको हो ।

मध्यावधि समिक्षा कार्यक्रमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक वृद्धिदरको लक्ष्य संशोधन गरिएको जानकारी दिनुभयो । चालु आर्थिक वर्षको बजेटमा आर्थिक वृद्धिदरको लक्ष्य ७ दशमलव २ प्रतिशत रहने अनुमान गरिएको थियो ।

समिक्षामा मूल्यवृद्धि भने साढे तीन प्रतिशतमा रहने अनुमान गरिएको छ । मन्त्री खतिवडाले चालु आवमा ८४ दशमलव ६७ प्रतिशत बजेट मात्र खर्च गर्न सक्ने बताउनुभयो । चालू आर्थिक बर्षका लागी सरकारले १२ खर्ब ७८ अर्ब रुपैयाँको बजेट ल्याएको थियो । सरकारले खर्च गर्न नसक्ने भएपछि चालु आवको बजेटको आकार घटाएको छ ।

अब बजेट १० खर्ब ९९ अर्ब भएको छ । खतिवडाले भन्सारमा मूल्यांकन कम गर्ने र छापा मार्ने प्रवृति अन्त्य हुनुपर्ने पनि बताउनुभयो । एलसी र सन्दर्भ मूल्यमार्फत भन्सार मूल्यांकन भएमा राजस्व प्रशासन सुधार हुने उहाको भनाई छ । त्यस्तै मन्त्रालयले सामाजिक सुरक्षा कार्यक्रमहरुलाई एकीकृत रुपमा अगाडि बढाउने उहाले जानकारी दिनुभयो ।

Facebook Comments