मुलुक आर्थिक समृद्धिको चरणमा प्रवेश गर्योः उपराष्ट्रपति

फाइल फोटो

उपराष्ट्रपति नन्दबहादुर पुनले मुलुक अब आर्थिक बिकासको बाटोमा अघि बढुनुपर्ने बताउनुभएको छ ।बुधबार काठमाडौंमा नेपाल इञ्जिनियर्स एशोसिएसनको १५ औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दे उहाले सबै मिलेर मुलुकलाई आर्थिक बिकासको बाटोमा लैजानुपर्ने बताउनुभएको हो ।

उहाले मुलुक समृद्धको बाटोतर्फ अघि बढिरहेको भन्दै नेपाली मौलिकतामा आधारित भएर भौतिक संरचना निर्माण गर्नुपर्नेमा जोड दिनुभयो । उपराष्ट्रपति पुनले भौतिक संरचना भूकम्पप्रतिरोधी हुनै पर्नेतर्फ पनि इन्जिनियरहरुको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाले हरेक संरचना निर्माण गर्दा पर्यटकलाई आकर्षित गर्ने खालका संरचना डिजाईन गर्नुपर्ने आवश्यक्ता औंल्याउनुभयो । उपराष्ट्रपति पुनले गाउँ गाउँमा विकासको लहर ल्याउनका लागि जलविद्युत, कृषि, पर्यटन, भौतिक पूर्वाधारको विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

हरेक दुई दुई बर्षमा हुने सम्मेलन यस बर्ष समृद्ध संघिय नेपालको लागी इञ्जिनियरिङ बिषयमा केन्द्रित रहि आयोजना गरिएको एशोसिएसनले जनाएको छ । सम्मेलनमा जलबायु परिवर्तन , प्राविधिक जनशक्ति व्यवस्थापन , अनुसन्धान र बिकास , सार्वजनिक निजी साझेदारी लगाएका बिषयमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

Facebook Comments