नेपालमा राजनितिक क्रान्तिको कोर्ष पुरा भयो, अब आर्थिक क्रान्तिको पालो :योगेश भट्टराई

एमाले सचिव योगेश भट्टराईले नेपालमा राजनितिक क्रान्तिको कोर्ष अब पुरा भएको बताउनुभएको छ ।

बिर्तामोडमा आज आयोजित एक कार्यक्रममा बोल्दै उहाले अब राजनितिक व्यवस्थाका लागि नभई आर्थिक क्रान्तिका लागि सबै राजनितिक दल लाग्नुपर्ने धारणा राख्नुभयो ।

उहाले परनिर्भरतालाई त्यागेर आत्मनिर्भरताको बाटो तर्फ उन्मुख हुनुपर्ने बेला आएको बताउनुभयो ।

अलैंची व्यवसायी संघद्वारा आयोजित कार्यक्रममा एमाले प्रचार विभाग प्रमुख समेत रहनुभएका भट्टराईले नेपालमा करिब दश अर्बको अलैची उत्पादन हुने र सरकारले सहि नीति ल्याएर काम गर्ने हो भने नेपालबाट सय अर्बभन्दा बढीको अलैची निर्यात गरेर राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउन सकिने धारणा राख्नुभयो ।

Facebook Comments