विष्णु रिमालले खुलाए कर्मचारीको तलबका बारेमा यस्तो राज !

प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहाकार विष्णु रिमालले कर्मचारीको तलब सापेक्षिक कुरा भएकाले बढ्दै बढ्दैन भन्न नमिल्ने बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै रिमालले आर्थिक वर्ष २०७५–७६ को बजेटले कर्मचारीका लागि केही न केही व्यवस्था गर्ने बताए ।

जनताको कष्ट हटाउने गरी काम गर्ने कर्मचारीलाई केही न केही सुविधा थपिने उनको भनाई छ ।

“उहाँहरुको खल्तिमा केही न केही अंक बढ्छ । सरकारले आम नागरिकदेखि कर्मचारीसम्मलाई खुशी पार्छ ।”

क्षमता र सम्भवनाका आधारमा बजेटको आकार बढाइने रिमालले बताए ।

आर्थिक वर्ष २०७५–७६ को बजेट नीति र कार्यक्रममा आधारित रहेर प्रस्तुत हुने बताए ।

“सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रमलाई खर्च हाल्ने काम हुन्छ । खर्चको स्रोत जुटाउने हो ।” उनले भने ।

सासदंदलाई पैसा नदिइने तर विकासमा संलग्न गराउने रिमालको भनाई छ । “व्यक्तिगत रुपमा कसैले पनि पैसा पाउँदैनन् । विकासका काममा जनप्रतिनिधीलाई कसरी सहभागि गराउे भन्ने विषयमा अर्थमन्त्रीले गम्भीर रुपमा सोचिरहनुभएको छ ।” रिमालले भने ।

बजेट र कार्यक्रममा विपन्न, अपाङ्ग, अशक्त र गर्भवती महिलालाई विशेष प्राथमिकता दिइने उलनको भनाई छ ।

विकास निर्माणका आयोजना बनाउँदा जनताको कष्ट र समस्या हटाउनुपर्ने क्षेत्रलाई प्राथमिकतामा राखिने उनले जानकारी दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई नीति तथा कार्यक्रमलाई समर्थन गर्न आग्रह गरिएकाले मौन समर्थन प्राप्त भएको रिमालले बताएका छन् ।

रिमालले ऐतिहासकि रुपमा प्रमुख प्रतिपक्षी दलले पनि सरकारको नीति र कार्यक्रमलाई समर्थन गरेकाले फरक परिघटनाको रुपमा लिनुपर्ने बताए । समृद्धिको कार्यक्रममा सहयोग गर्नुपर्छ भन्ने प्रतिपक्षको सद्भाव रहेको उनले बताए ।

“संसदीय मान्यतामा विपक्षीमा रहनेले राम्रो कुराको पनि विरोध गर्नुपर्छ भन्ने मान्यता रहेको थियो । यसपटक पुरानो मान्यता फेरिएको छ । सही कुरा जसले जसको समर्थन गरे पनि हुन्छ मान्यता रह्यो ।” रिमालले भने । रिपोटर्स नेपाल बाट साभार

Facebook Comments