संजूले बनायो ४ दिनमै ८ रकेर्ड

एजेन्सी। राजकुमार हिरानीको निर्देशनमा संजय दत्तको जीवनीमा बनेको चलचित्र ‘संजू’ ले बक्स अफिसमा नयाँ नयाँ रकेर्ड बनाउदै गएको छ। चलचित्रले ४ दिनमै १४५ करोड भन्दा धेरै कलेक्सन गरेको छ। चौथो दिनमा आइपुग्दा चलचित्र संजूको कमाई पनि १४५ दशमलव ४१ करोड सम्म पुगिसकेको छ। संजूले शुक्रबार ३४.७५ करोड, शनिवार ३८.६० करोड, आइतबार ४६.७१ करोड र सोमबार २५.३५ करोड कलेक्सन गरेको भारतीय संचार माध्यममा उल्लेख गरिएको छ। रिलिज भएको चार दिनमै संजूले बक्स अफिसमा ८ रकेर्ड बनाउन सफल भएको हो।

यस्ता छन् संजूले चार दिनमा बनाएको ८ रेकर्ड:-

१. एक दिनमा सबै भन्दा धेरै कमाई गर्ने चलचित्र
रणबीर कपूरको यस चलचित्रले एक दिनमा सबै भन्दा धेरै कमाई गर्ने बाहुबलीको रेकर्ड तोडेको छ। बाहुबलीले तेस्रो दिनमा ४६.५० करोड कमाई गरेको थियो तर संजूले तेस्रो दिनमा ४६.७१ करोड कमाई गर्दै बाहुबलीको रेकर्ड तोडेको हो।

२. २०१८ को सबै भन्दा बढी ओपनिङ डे फिल्म
संजू वर्षकै हाईएस्ट ओपनिङ विकेन्ड चलचित्र बनेको छ। पहिलो दिन ३४.७५ करोड कमाई गर्दै रेस ३ र बागी २ को समेत रेकर्ड संजूले तोडेको छ। पहिलो दिन रेस ३ ले २९.७ र बागी २ ले २५.१० करोड कमाई गरेको थियो। सबै भन्दा चर्चामा रहेको पद्मावतको पनि पहिलो दिनको कमाई १९ करोड मात्रै थियो।

३. पद्मावतलाई समेत पछि पार्दै संजू बन्यो सबै भन्दा विकेन्ड ओपनर
संजय लीला भंसालीको चलचित्र पद्मावतको नाममा ११४ करोडको कमाईका साथ सबै भन्दा बढी विकेण्ड ओपनरको रेकड थियो। पद्मावतको यो रेकर्ड पाँच दिनको थियो। तर संजूले तीन दिनमै १२०.०६ करोड कलेक्सन गर्दै पद्मावतको त्यो रेकर्ड पनि तोडको छ।

४. संजू बन्यो रणबीरको करियरकै सफल चलचित्र
अहिले सम्म रणबीर कपूरको करियरकै सफल चलचित्र ‘बेशरम’ थियो। जसको पहिलो दिनको कमाई २१.५६ करोड थियो। जसलाई रणबीरकै ‘संजू’ ले तोडेको छ।

५. संजू बन्यो रणबीरको सबै भन्दा बढी कमाउने विकेण्ड ओपनर चलचित्र
रणबीरको चलचित्र ये जवानी है दीवानी उनको करियरकै विकेण्डमा सबै भन्दा धेरै कमाउने विकेण्ड चलचित्र हो। यस चलचित्रले पहिलो हप्ता ६१.८७ करोड कमाएको थियो। जुन रेकर्डलाई संजूले तीन दिनमै तोडिदिएको छ।

६. पहिलो दिनमै सबै भन्दा बढी कमाउने चलचित्र बन्यो हिरानीको संजू
अनुष्का शर्मा र आमिर खानको चलत्रि पीके राजकुमार हिरानीको पहिलो दिनमै सबै भन्दा धेरै कमाउने चलचित्र थियो। तर यस रेकर्डलाई हिरानीकै संजूले पछि पारेको छ। चलचित्र पीकेको पहिलो दिनको कमाई २५.४५ र संजूको ३४.७५ करोड रहेको छ।

७.हिरानीको संजू बन्यो सबैभन्दा धेरै कमाउने विकेण्ड ओपनर चलचित्र
चलचित्र संजूको विकेण्ड कमाई १२० करोड छ। पीकेको भने विकेण्ड कमाई ९३.८२ थियो।

८.दुबईमा २४ घण्टा हलहरु खुल्ला
चलचित्र संजूले भारतमा कमाईको नयाँ नयाँ रेकर्ड बनाइ रहेको छ। साथै यस चलचित्रप्रति मानिसहरुको क्रेज पनि बढ्दै गएको छ। दुबईमा यस फिल्मलाई लिएर मानिसहरुको क्रेज देखेर सरकारले हलहरु २४ सै घण्टा खुल्ला राख्न अनुमति दिएको भारतीय संचार माध्यमले जनाएको छ।

Facebook Comments