आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं–सोमबार (साउन १४ गते) अमेरीकी एक डलरको बिक्रि मूल्य १ सय १० रुपैयाँ १५ पैसा कायम भएको छ । नेपाल राष्ट्र बैंकले एक अमेरीकी डलरको खरिददर १ सय ९ रुपैयाँ ५५ पैसा तोकेको छ ।

एक युरोको खरिददर १ सय २७ रुपैयाँ ७१ पैसा छ भने बिक्रिदर १ सय २८ रुपैयाँ ४१ पैसा रहेको छ ।
युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ४३ रुपैयाँ ६३ पैसा छ भने बिक्रिदर १ सय ४४ रुपैयाँ ४२ पैसा रहेको छ । जापानीज १० यनको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रिदर ९ रुपैयाँ ९२ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ९ पैसा र बिक्रिदर ३० रुपैयाँ २५ पैसा रहेको छ । कुवेती एक दिनारको खरिददर ३ सय ६१ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय ६३ रुपैयाँ ८९ पैसा रहेको छ ।

Facebook Comments