मुख्य खबर

कराँते खेल्लाडीहरुको दिक्षन्त समारोह माइधारमा सम्पन्न

शिबसताक्षी । झापा जिल्ला अन्तरगतका कराँते खेल्लाडीहरुको दिक्षन्त समारोह शनिबार शिबसताक्षी १० स्थीत माइधारमा सम्पन्न भएको छ । झापा जिल्ला टेक्निकल कमिटीको आयोजनामा संचालन भएको दिक्षन्त समारोहमा सु डान, नी डान, र सान डान गरि जम्मा १सय ६६ जना खेलाडी दिक्षिन्त भएका छन । जिल्लाको काकाडभिटा, बिर्तामोड, शिबसताक्षी र दमकमा यस अघि नै तालीम गराइएको

सतासीधाम जेसीज २०२१ का अध्यक्ष कमल सेन्चुरीद्वारा पदभार ग्रहण

शिबसताक्षी । सतासीधााम जेसीजको आठौंं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम शनिबार सम्पन्न भएको छ । शिवसताक्षीको दुधे स्थित जेसिज भवनमा प्रदेश १का पुर्ब प्रदेश प्रमुख डाक्टर गोबिन्द तुम्याहाङको प्रमुख आतिथ्यतामा आठौंं पद हस्तान्तरण तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको हो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि तुम्याहाङले जेसिजले युवाहरुको नेतृत्व र ब्याक्तित्व बिकास

अधिकारकर्मीको पहलमा रोकियो बालविवाह

सर्लाही, सर्लाहीको ईश्वरपुरमा हुन लागेको बालविवाह अधिकारकर्मीको पहलमा रोकिएको छ । ईश्वरपुर नगरपालिका–७ का प्रेमनाथ महतोकी अन्दाजी १४ वर्षीया छोरीको विवाह हुन लागेको जानकारी पाएपछि पुगेको मेची–महाकाली बुहारी संयुक्त आवाजका अधिकारकर्मीले रोकेका हुन् । सो संस्थाकी संयोजक रमा काफ्लेका अनुसार १४ वर्षीया बालिकाको लालबन्दी –१७ का रामनरेश महतोसँग विवाहको तयारी भएको थियो । ‘बेटी पढाउ,

संकटबाट मुलुकलाई निकास दिन स्वतन्त्र पत्रकारको आग्रह

झापा । स्वतन्त्र पत्रकारहरुले संवैधानिक र राजनीतिक संकटबाट मुलुकलाई तत्काल निकास दिनुपर्नेमा जोड दिएका छन् । उनीहरुले मुलुकलाई वर्तमानको संकटबाट निकास दिन सर्वोच्च अदालतको फैसला निर्णयक हुने बताएका छन् । विवादलाई कम गरेर निकास दिने हो भने निर्वाचन उपयुक्त विकल्प हुन सक्ने उनीहरुको धारणा छ । स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक अध्यक्ष कृष्णप्रसाद वास्तोलाले सर्वोच्चले

रातो हाब्रेको संरक्षण गर्न विद्यालयमा पठनपाठन

ताप्लेजुङ / लोपोन्मुख अवस्थामा रहेको दुर्लभ रातो हाब्रे संरक्षणका लागि ‘रेडपाण्डा नेटवर्क’ले विभिन्न सङ्घसंस्थासँगका सहकार्यमा विद्यालयमा पठनपाठन गराउँदै आएको छ । हाब्रे संरक्षणमा क्रियाशील सो नेटवर्कले वातावरण संरक्षणसम्बन्धी पाठ्यपुस्तक तयार गरेर विभिन्न विद्यालयमा अध्ययन अध्यापन गर्दै आएको हो । हाब्रे पाइने ताप्लेजुङ, पाँचथर र इलाम गरी २८ विद्यालयमा रातो हाब्रे विषयमा अध्ययन हुँदै आएको रेडपाण्डा

सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली हटाउन माग

काठमाडौं / सुनचाँदी व्यवसायीले सुन आयातमा लागू हुँदै आएको कोटा प्रणाली खारेज गर्न माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छासँग आज भएको छलफलमा नेपाल सुनचाँदी व्यवसायी महासङ्घका नवनिर्वाचित पदाधिकारीले कोटा प्रणाली खारेजीका लागि सहयोग गर्न आग्रह गरेको हो । महासङ्घका अध्यक्ष गोल्छासँगको भेटका क्रममा सुनचाँदी व्यवसायीका तर्फवाट अध्यक्ष माणिकरत्न शाक्यले निर्वाधरुपमा

शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्छ : सभापति देउवा

झापा  /नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले देश र लोकतन्त्रको हित रक्षाको निमित्त सबैले आफ्ना सानातिना मतभेदलाई बिर्सेर शहीदको सपनालाई विपनामा रुपान्तर गर्न संकल्प गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । शहीद दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले मुलुकले सुम्पिएको राष्ट्रिय जिम्मेवारी पूरा गर्न र नेपाललाई एक सुन्दर, शान्त र समुन्नत राष्ट्रमा परिणत गर्न जिम्मेवार सबै

नेकपाका दुवै पक्षलाई उपस्थित हुन निर्वाचन आयोगले पठायाे पत्र

काठमाडौं, १५ माघ । निर्वाचन आयोगले विभाजित नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दुवै पक्षलाई छलफल गर्नका लागि उपस्थित हुन पत्र पठाएको छ । औपचारिक रूपमा विभाजित भइनसके पनि नेकपाका दुवै समूहका प्रतिनिधिलाई छलफलका लागि भन्दै आयोगले शुक्रबार बिहान उपस्थित हुन पत्र पठाएको बताइएको छ । स्रोतका अनुसार शुक्रबार बहान साढे ११ बजे छलफलका लागि उपस्थित हुन

निर्वाचन समाचारः विवाह र बसाइँसराइ गर्नेलाई समस्या

इलाम / आगामी वैशाख १७र २७ गते तोकिएको प्रतिनिधिसभाको निर्वाचनको तयारी इलाममा पनि थालिएको छ । निर्वाचन आउन तीन महिना बाँकी रहँदा जिल्लामा मतदाता नामावली अद्यावधिक र मतदानस्थल तथा मतदान केन्द्रको अद्यावधिकमा जिल्ला निर्वाचन कार्यालय जुटेको छ । जसअन्तर्गत स्थानीय राजनीतिक दल, सुरक्षा निकाय, स्थानीय तहका जनप्रतिनिधिसँगको छलफललाई निरन्तरता दिइएको छ । मतदान केन्द्र तथा

नेपालमा भ्रष्टाचार झन् बढ्याे : ट्रान्सपरेन्सी इन्टरनेशनल

काठमाण्डौ – नेपालमा भ्रष्टाचार झन् बढेको पाइएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले बिहीबार (आज) संसारभरि सार्वजनिक गरेको रिपोर्टमा नेपालमा भ्रष्टाचार अझ बढेको उल्लेख गरिएको छ । भ्रष्टाचारका कारण कोरोना भाइरसको महामारी रोकथामका प्रयास कमजोर बनेको र लोकतन्त्रलाई समेत पछाडि धकेलेको रिपोर्टमा उल्लेख गरिएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले एक सय ८० देशका सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञको अवधारणा