#

राजनीति

महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड महामारीले अर्थतन्त्र र सीमान्तकृत किसानलाई अझ बढी नकारात्मक असर पारेको बताउनुभएको छ । विश्व खाद्य दिवसका अवसरमा शुभकामना दिदै उहाँले कोरोना महामारीको नकारात्मक असरबाट कृषि क्षेत्रलाई बचाउन र खाद्य सुरक्षा तथा उपलब्धताको सुनिश्चितताका लागि अग्रसर हुन सम्बन्धित निकायलाई आह्वान गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कृषि क्षेत्रको उत्पादकत्व वृद्धि तथा दिगो

बाबुराम भट्टराईलाई प्रमाण देखाउन नेकपाको चुनौती (हेर्नुस् बिज्ञप्तीसहित)

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई बूढीगण्डकी जलविद्युत् आयोजनामा घुस लिएको प्रमाण पेस गर्न चुनौती दिएको छ । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बुधबार विज्ञप्ति निकालेर डा. बाबुराम भट्टराईले लगाएको आरोप आधारहीन र झुटो भएको भन्दै पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले घुस लिएको प्रमाण पेस

मन्त्रिपरिषद्मा तीन नयाँ अनुहार, ईश्वर पोखरेल रक्षाबाट हटाइए, अर्थमन्त्रालयको जिम्मा विष्णु पौडेललाई

धेरेको अनुमानलाई सही सावित गर्दै अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले पाउँदा ईश्वर पोखरेलको हातबाट रक्षा मन्त्रालय खोसिएको छ । लामो बहसपछि बुधबार मौजुदा मन्त्रिपरिषद्मा हेरफेर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विश्वासपात्र विष्णु पौडेललाई अर्थमन्त्रीको जिम्मेवारी सुम्पिदा अर्का विश्वासपात्र ईश्वर पोखरेललाई प्रधानमन्त्री र मन्त्रिपरिषद्को कार्यालयमा पुर्याउनु भएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालयको जिम्मेवारी आफैसंग राख्नु

राप्रपा झापा अध्यक्षमा गौरादहका अम्बर बिष्ट, पार्टी एकता समायोजन सम्पन्न

झापा – राप्रपा र राप्रपा (संयुक्त)को एकीकरणलाई निर्वाचन आयोगले वैधानिकता प्रदान गरेकै दिन झापामा पनि यी दुई पार्टीबीच एकता समायोजन सम्पन्न भएको छ । आज आयोजित एकता समायोजन समारोहबाट अम्बर बहादुर बिष्टको अध्यक्षतामा जिल्ला कमिटी गठन भएको हो । केन्द्रमा दुई पार्टीबीच एकीकरण भएलगत्तै जिल्ला कमिटीहरुले पनि समायोजनको काम तयारी गरेका थिए । सोही अनुसार

नेकपा सचिवालय बैठक आज बस्दै, मन्त्रिपरिषद पुनर्गठन तयारी र राजनीतिक नियुक्तिको विषयमा छलफल हुने

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शनिबार (आज) बस्ने भएको छ । अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार बिहान भएको भेटमा सचिवालय बैठक आज दिउँसो ४ बजे बालुवाटारमा बोलाउने सहमति भएको हो । पार्टीभित्र मन्त्रिपरिषद पुनर्गठनको तयारी र राजनीतिक नियुक्तिको विषयमा विवाद भैरहँदा सचिवालय बैठक बोलाइएको हो । प्रधानमन्त्री समेत

अनसनरत अवस्थामा काठमाडौं आएका डा केसीलाई प्रहरीले ‘जवरजस्ती’ ट्रमा लग्यो

चिकित्सा शिक्षा सुधारको माग गर्दै अनसनमा बस्नुभएका  डाक्टर गोविन्द्र केसी अनसनरत अवस्थामा काठमाडौं आएका छन् ।  डा केसी जुम्लाबाट मंगलबार नेपालगञ्ज हुँदै वुद्ध एयरबाट काठमाडौं आएका हुन् ।  डा केसीलाई उहाका सहयोगीहरुले त्रिभूवन विमानस्थलबाट त्रिवि शिक्षण अस्पतालमा राख्ने तयारी गरेका थिए । तर विमानस्थलमा झरेपछि प्रहरीले डा केसीलाई राष्ट्रिय ट्रमा सेन्टरमा लगेको थियो । डाक्टर

प्रश्न सोध्दा कचनकवल अध्यक्षका पीएबाटै हातपात

स्थानीय तहका वेथिती विरुद्ध केहि समयदेखि निरन्तर खबरादी गर्दै आएका कचनकवलका सचेत युवा सन्दिप निरौलामाथि हातपात भएको छ । हातपात भएको आरोपमा कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जर आलमका स्वकीय सचिव कचनकवल-७ का विकास घिमिरे विरुद्ध कारवाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय झापामा उजुरी दर्ता गरिएको छ । बजार व्यवस्थापनका सन्दर्भमा आयोजित एक कार्यक्रममा निरौलाले विभिन्न विषयमा

गौतम र श्रेष्ठ मन्त्री बन्न सक्लान् ? यस्तो छ कानूनी ब्यवस्था

प्रतिनिधि सभा निर्वाचनमा चुनाव हारेको व्यक्ति मन्त्रि बन्न पाउने कि नपाउने भन्ने विषयमा यतिखेर बहसको विषय बनिरहेको छ । राष्ट्रियसभा सदस्य निर्वाचित या मनोनयन भएपछि मन्त्रि बन्न पाउनुपर्छ भन्ने एउटा तर्क छ भने अर्को तर्क संविधानले नमिल्ने तर्क भइरहेका छन् । राष्ट्रियसभाको सदस्यमा मनोनय भएका नेकपाका उपाध्यक्ष बामदेव गौतम र राष्ट्रियसभामा निर्वाचनबाट सदस्य बनेका नेकपा