अर्थ

ससुरालीबाट पौने ३ लाख लिएर गौरादहबाट ज्वाँई फरार, परिवार विचल्लीमा

झापाको गौरादह नगरपालिका वडा नम्बर ८ का राजकुमार ताजपुरिया आफना ससुराली नाता पर्ने आफन्तसंग पौने ३ लाख रुपैयाँ लिएर फरार भएका छन् । गत बर्ष मसिंरमा झापा, मेचीनगर इटाभट्टा घर भएकी सानीमा सासु पर्ने एक महिलामार्फत २ लाख ७५ हजार रुपैयाँ घर बनाउन भन्दै रकम लिएर फरार भएका हुन् । फरार भएपछि ताजपुरियाको दुई नावालक

बिर्तामोडमा ‘टिफिन बक्स’ शुरु

बिर्तामोड । ड्रिम्स ग्रुप अफ कम्पनीले बिर्तामोडमा ‘टिफिन बक्स’ शुरु गरेको छ । कम्पनीका प्रबन्ध निर्देशक प्रणित पुडासैनी बिर्तामोडमा पत्रकार सम्मेलन गरेर टिफिन बक्सको शुभारम्भ भएको घोषणा गरेका छन् । टिफिन बक्समा हालेर खाजा पुयाउने पूर्व मै पहिलो ड्रिम्सले झापामा सेवा प्रारम्भ गरेको हो । व्यस्त जीवनशैलीलाई मध्यनजर गर्दै सबै क्षेत्रमा कार्यरत व्यक्तिलाई खाजा पुयाउने

झापाको कृष्णे खोलामा झोलुङ्गे पुल बन्ने, बर्षौदेखीको समस्या हट्दै

झापा : हरेक बर्खामा दुख बन्ने गरेको छ गौरादह नगरपालिका ७ सूर्योदय टोल र गौरादह नगरपालिका ९ त्रिवेणी चोकका सर्वसाधारणलाई कृष्णे खोला । हिउँदमा उति साह्रो समस्या हुन्न बासको अस्थायी भाटाको पुलबाट आवतजावत गर्न सकिन्छ तर, बर्खामा आउने बाढीले यहाँ बनाइएको बाँसको अस्थायी पुल बगाइदिन्छ । त्यसपछि अन्यत्रै त्यसमाथि लामो दुरी तय गर्दै पुल भएको

झापामा बस्ती छेउमै ईटा उद्योग खोल्ने तयारी , स्थानियहरुको व्यापक विरोध

झापा । मानव बस्तीमा ईटा उद्योग खोल्ने तयारी गरेपछि स्थानियवासी बिरोधमा उत्रिएका छन् । झापाको कमल गाँउपालिका १ स्थित रतनचौनमा गाउँलेको असहमति हुँदै जवरजस्ती उद्योग खोल्न लागेको भन्दै पत्रकार सम्मेलन गरेर कुनै हालतमा उद्योग खोल्न नदिने बताएका हुन । दमकका उद्योगी गुणराज थापाले स्थानियहरुको बिरोधका वावजुत , प्रदुषण फैलाउने र मानव बस्तिलाई विस्थापित गराउने उद्योग

अलैँचीमा लगानीे गरेकामा पछुताउँदै

ताप्लेजुङ / ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ का खगेन्द्र लिम्बूले मलेसियाबाट नै गाउँको अलैँची बगानमा रु आठ लाखमा ८ वर्षका लागि बन्दकी लगाउनुभयो । अहिले त्यही अलैँची बगानमा गरेको लागानीले पलपलमा पछुताउनु परेको छ । लिम्बूको घरपरिवारको आर्थिक अवस्था कमजोर थियो । उहाँले कक्षा ५ उत्तीर्ण गर्न पनि सक्नुभएन । बिहानबेलुका हात मुख जोर्नका लागि बुबाआमा

जाडोमा फाइबरका सिरक–डस्ना बिक्री वृद्धि

दमक    /  जाडो बढेसँगै जाडोका लागि चाहिने लत्ताकपडा र सिरक डसनाको बिक्री बढ्दै गएको छ । गएको पुस अन्तिम सातादेखि जाडो बढ्ेपछि झापाको दमकसहित जिल्लाभित्र साना तथा ठूला बजारमा जाडोका लागि चाहिने यस्ता उपभोग्य बस्तुको बिक्री बढेको हो । जिल्लाको दमक नगरपालिका–९ मा स्थानीय तीन जना सिटौला दाजुभाइले सञ्चालनमा ल्याउनुभएको फिदर कम्पुटर म्यानुफ्याक्चर्सले अहिले

घुमौं पुर्व प्रदेश नम्बर १ अभियान’ सुरु

‘घुमौं पूर्व प्रदेश नम्वर १’ भन्ने मुख्यः नारासहित अभियान सुरु भएको छ । १ नम्बर प्रदेशका पर्यटन व्यवसायी र नेपाल पर्यटन बोर्डको संयुक्त प्रयासमा यो अभियान प्रारम्भ भएको हो । आन्तरिक पर्यटन पुनरूत्थान एवं प्रवर्द्धन गर्ने उद्देश्यसहित अभियान १० माघ २०७७ मा जनकपुरबाट सुरु भएको हो । अभियानको प्रवर्द्धक नेपाल पर्यटन वोर्ड रहेको छ ।

अब काठमाडौंबाट पूर्वी नेपालका दुई गन्तब्य भेडेटार र इलाममा पर्यटक बस चल्ने

अब काठमाडौंबाट पूर्वी नेपालका दुई गन्तब्य भेडेटार र इलाममा पर्यटक बस चल्ने भएका छन् । आन्तरिक पर्यटनमा पूर्वलाई काठमाडौंसँग जोड्न बस संचालनको तयारी गरिएको हो ।नेपाल पर्यटन बोर्डका अनुसार फागुन पहिलो सातादेखि काठमाडौं-भेडेटार र काठमाडौं-इलाम पर्यटक बससेवा सञ्चालन हुने भएको हो । नेपाल पर्यटक यातायात व्यवसायी संघको सक्रियता र नेपाल पर्यटन बोर्डको पहलमा सञ्चालन हुन

खाने तेलमा उपभोक्ता ठग्नेलाई जरिवाना तिराएर उन्मुक्ति

९ माघ, काठमाडौं । तीन महिनायता खाने तेलको मूल्य अस्वाभाविक रुपमा वृद्धि गरिएको छ । केही ब्राण्डका खाने तेलको भाउ लिटरमै ४० रुपैयाँसम्म बढेको छ । दैनिक उपभोग्य वस्तुमा भएको अचाक्लि मूल्यवृद्धिबारे चौतर्फी दबाबपछि वाणिज्य विभागले यसैसाता दुईवटा कम्पनीलाई कर्मकाण्डी कारबाही गर्‍यो । उत्पादन लागतको अनुपातमा बढी मूल्य कायम गरेर भटमास, सनफ्लावर र तोरीको तेल

एकीकृत भन्सार जाँच चौकी विराटनगरद्वारा अठार अर्ब राजस्व सङ्कलन

विराटनगर – एकीकृत भन्सार जाँच चौकी विराटनगरले चालु आर्थिक वर्षको छ महिनाको अवधिमा कूल रु १८ अर्ब तीन करोड २६ लाख २१ हजार राजश्व सङ्कलन गरेको छ । सो अवधिमा भन्सारले रु २३ अर्ब छ करोड ८३ लाख ६६ हजार राजश्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो । कार्यालयले लक्ष्यमा रु पाँच अर्ब तीन करोड ५७