विश्व

‘नयाँ शीतयुद्ध’ले विश्वलाई विभाजनतर्फ लैजान्छ : जिनपिङ

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘नयाँ शीतयुद्ध’ सुरु हुन सक्ने चेतावनी दिएका छन् । उनले विश्वका सबै मुलुकलाई कोरोना भाइरस (कोभिड–१९) को महामारीविरुद्ध एकजुट हुन पनि आग्रह गरेका छन् । सीले भनेका छन्, ‘साना साना समुहरु बनाउनु वा नयाँ शीतयुद्ध सुरु गर्नु, अर्कोलाई अस्वीकार गर्नु, अरुलाई धम्क्याउनु वा डर त्रास देखाउनेजस्ता कार्यले विश्वलाई केवल

एकसाथ फिल्म गर्दै कट्रिना र विजय

‘अन्धाधुन’का निर्देशक श्रीराम रागाभन नयाँ चलचित्र निर्देशन गर्दैछन् । उनले निर्देशन गर्न लागेको नयाँ चलचित्रमा बलिउड नायिका कट्रिना कैफले काम गर्ने पक्का भएको छ । साथमा, यो चलचित्रमा साउथका स्टार विजय सेतुपतीले काम गर्दैछन् । कट्रिना र विजयले पर्दा शेयर गर्न लागेको यो पहिलो पटक हो । निर्देशक श्रीरामले नायक बरुण धवनसँग मिलेर नयाँ चलचित्र

अमेरिकी संसदले बाइडेनकाे जित प्रमाणित गर्‍याे

काठमाण्डाै – अमेरिकी कंग्रेसले राष्ट्रपतिमा चुनावमा जो बाइडेनको जितको सुनिश्चता गरेको छ । अमेरिकी संसद्को संयुक्त बैठकले राष्ट्रपतिमा जो बाइडेनका साथै उपराष्ट्रपति पदमा कमला ह्यारिसको जितको प्रमाणित गरेको हो । संसद्ले प्रमाणित गरेपछि बाइडेनलाई जनवरी २० मा शपथ ग्रहणका लागि बाटो खुलेको छ । संसदमा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकन पार्टीले विरोध जनाए

अमेरिकामा हिंसा, वाशिङ्टन डिसीमामा कर्फ्यु

झापा। राष्ट्रपति निर्वाचनको मत परिणाम उल्टाउने ट्रम्पको प्रयासले अमिरिकामा हिंसा मच्चिएको छ । गोली लागेर एक महिलाको मृत्यु भएको छ भने राजधानी वाशिङ्टन डिसीमा कर्फ्यू लगाइएको छ । वाशिङ्टनस्थित संसद भवन (क्यापिटल बिल्डिङ)मा अमेरिकी कांग्रेसमा इलेक्टोरल कलेजलाई लिएर बहस चलिरहेको थियो । यही बहसपछि राष्ट्रपतिमा निर्वाचित जो बाइडन विजयी भएको औपचारिक र कानुनी पुष्टि गर्ने

दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो

कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ । हाइपरट्युब कोरियाको हाइपरलुप रेलको नयाँ संस्करण हो । कोरिया सरकारले हाइपरट्युब प्रोजेक्टका लागि सन् २०१७ देखि काम शुरु गरेको थियो ।

यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी आक्रमण, कम्तीमा २२ जनाको मृत्यु

एजेन्सी- यमनको एडन विमानस्थलमा प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरूलाई लक्षित गरी भएको आक्रमणमा कम्तीमा २२ जनाको मृत्यु भएको छ । आक्रमणमा ५० भन्दा बढी घाइते भएका छन् । द्वन्द्वग्रस्त यमनका नवनियुक्त मन्त्रीहरू सवार विमान अरेबियाबाट आएर अवतरण गरेको केहीबेरमै विस्फोट भएको बीबीसीले जनाएको छ । सहायतामा जुटेकाहरू पनि घटनामा हताहत भएको जनाइएको छ । त्यहाँका प्रधानमन्त्री

गुजरातको एक काेराेना विशेष अस्पतालमा आगलागी, ५ बिरामीको मृत्यु

एजेन्सी, १२ मंसिर । भारतको गुजरातमा पर्ने राजकोट जिल्लास्थित एक काेराेना विशेष अस्पतालमा आगलागी भएको छ । बिहीबार राति भएकाे आगलागीमा परी कम्तीमा ५ जनाकाे मृत्यु भएकाे भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । मृतक सबै कोरोना संक्रमित बिरामी रहेकाे बताइएकाे छ । दैनिक भास्करका अनुसार उक्त आगलागीकाे घटना बंगला चौराहाको नजिकै रहेकाे उदय शिवानन्द कोभिड अस्पतालको

किर्गिजस्तानका राष्ट्रपतिद्वारा राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा

एजेन्सी- किर्गिजस्तानका राष्ट्रपति सूरोनबे जीन्बेकोभले राष्ट्रपति पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति विरुद्ध देशव्यापी विरोध प्रदर्शन चर्कदै गएपछि राष्ट्रपति जीन्बेकोभले राजीनामा दिन लागेका हुन् । राष्ट्रपति जीन्बेकोभले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै भनेका छन्, ‘म सत्तामा रहिरहन चाहन्न । किर्गिजस्तानका जनताको भावना विपरीत आफूले काम नगर्ने र जनताको रगतमा उभिएर शासन गर्न मलाई

चीनमा कोरोनाको अर्को रहस्य : निको भएको दुई महिनापछि एक महिलाको आँखामा कोरोना देखियो

एजेन्सी, २५ असोज । चीनमा कोरोनाको अर्को रहस्य बाहिरिएको छ ।एक चिनियाँ महिलामा कोरोना संक्रमण भएको दुई महिनापछि फेरि आँखामा संक्रमण भएको जनाइएको छ । एक ६५ वर्षीया महिलामा यस्तो घटना घटेको पाइएपछि यसबारे अनुसन्धान भइरहेको छ । त्यसपछि कोरोनाबाट अझै धेरै सतर्क हनुपर्ने चिनियाँ स्वास्थ्यकर्मीले चेतावनी दिएका छन्। जनवरीमा संक्रमित भएकी ती महिलाको फोक्सोमा

चीनले चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको दाबी

एजेन्सी- चीनले चार वर्षमा पाँच करोडभन्दा बढीलाई गरीबी मुक्त बनाएको दाबी गरेको छ । ‘तेह्रौं पञ्चवर्षीय योजना’ को अवधिमा चीनका पाँच करोडभन्दा बढी ग्रामीण वस्तीका जनता गरीबीबाट मुक्त भएका चीनको गरीबी तथा जनसङ्ख्या ब्यूरोको तथ्याङ्कमा उल्लेख गरिएको छ । सन् २०१६ मा चीनमा गरीबी दर ४.५ प्रतिशत थियो भने सन् २०१९ मा त्यो घटेर ०.६